सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका र संवेदनशिल भै बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा दैलेख, कालिकोट, अछाम र सुर्खेत जिल्लामा महिला, बालबालिका, लोपोन्मूख राउटे तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकाशको अवधारणमा काम गर्दै आएको संस्था हो । साथै संस्थाले महिला तथा बालबालिकाको संरक्षण÷सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेको छ । डिसिए नेपाल र यस संस्थाको साझेदारीमा सञ्चालित Green Karnali परियोजनाको लागि आवश्यक परियोजना संयोजक पदको खुला विज्ञापन प्रकाशन गरिए अनुसार आवेदकहरुको बायोडाटा मूल्यांकनबाट आएको अंक भार अनुसार यो छाटो सूचि प्रकाशन गरिएको छ । SOSEC Green Karnali Project Short List PC लिखित तथा अन्तर्वार्ता परिक्षा मिति २०७८ मांघ १६ गते बिहान ११ः०० बजे अनलाईन मार्फत हुने भएकोले सो परिक्षामा सामेल हुंदा आफ्ना सक्कल प्रमाण पत्रहरुसाथ उपस्थित हुन जानकारी गराईन्छ ।