पत्र संख्या ०८२ ०८३ मिति २०८२ पौष २२ गते सुचना सुचना प्रथम पटक प्रकाशित सुचना मिति २०८२ साल पौष महिनाको २२ गते सोसेक नेपाल, नेपालको ग्रामीण समुदायमा बसोबास गर्ने पिछडिएका तथा पछाडि पारिएका जनताको सामाजिक आर्थिक तथा सांस्कृतिक अवस्थाको वृहत्तर सुधारका लागि मुनाफा रहित सेवा प्रदायक संस्थाको रूपमा २०५४ सालमा स्थापना भएको सामाजिक संस्था हो । संस्थाले कर्णाली प्रदेश लगायत सुदुर पश्चिम तथा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका ग्रामीण समुदायमा बसोबास गर्ने पिछडिएका समुदायको सामाजिक, आर्थिक र सांस्कृतिक स्थितिमा सुधारका लागि विभिन्न निकायको सहकार्य र सहयोगमा विभिन्न परियोजना कार्यक्रमहरू कार्यान्वयन गर्दै आएको छ । संस्थाले निम्नबमोजिमका विषयबस्तहरूलाई आधार मानी आफ्ना गतिविधिहरूलाई सञ्चालन गर्दै आएको छ स् (क) असमानता विरुद्ध वकालत (सामाजिक न्यय), (ख) उत्थानशिल जिबिकोपार्जन, (ग) सुरक्षा र जिबन रक्षा, (घ) खानेपानी तथा पोषण, (ङ) जिवन उपयोगि तथा समावेशी शिक्षा र (च) बाल समृद्धि साथै महिला तथा बालबालिकाको संरक्षण सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेको छ यस संस्थाको खरिद समितिको मिति २०८२ साल पौष महिनाको ११ गतेको निर्णनुसार यस संस्था को विभिन्न परीयोजनाको लागी तपशिलका सेवा तथा सामाग्रीहरु आ.ब. २०२६ र २०२७ का लागि बार्षिक रुपमा आवश्यक पर्ने भएकोले ईच्छुक सेवा प्रदायक एवम सप्लायर्सबाट १५ दिन (मिति २०८२ पौष २२ देखी माघ ६ गते) भित्र संस्थामा सुचिकृत हुन तपशिल बमोजिमको फम भरि वैधानिक कागजात सहित पेश गर्नका लागी यो सुचना प्रशारण गरिएको छ । आवश्यक वस्तु तथा सेवा १ स्टेशनरी वस्तु प्रदायक २ होटेल सेवा प्रदायक ३ कार्पेट तथा पि फम ४ ट्याकटर सेवा (ढुवानीका लागी) ५ डबल क्याप बुलेरो (ढुवानी तथा यातायात) ६ आरामदायी गाडी (यातायातका लागी) ७ विउविजन ८ कृषि जन्य सामाग्री (प्लास्टिक टनेल, थोपा सिचाई लगायत) ९ विद्युतिय सामाग्री तथा प्रिन्टर कार्टेज (टिभि, घडी, पेन्डईभ, ल्यापटप, लगायत अन्य) १० बालशिक्षाका लागी टेबुल बुक र्याक, लगायत अन्य फनिचर आईटम ११ फलेक्स तथा फेब्रिक प्रिन्ट १२ किताब छपाई तथा प्रकाशन १३ स्वास्थ्य सामाग्री १४ विद्यालय झोला तथा पोषाक १५ खाद्यान्न सामाग्री १६ निर्माण सामाग्री १७ ठुला बस सेवा ९स्थानिय बस सेवा प्रदायक मात्र० १८ छोटो समयका लागी कर्मचारी सुचिकृत गर्न १९ भाडाका सामान तथा प्लास्टिक निर्मित भाडाका सामान सप्लायर्स २० विज्ञ सेवा क- एकिकृत पाठ्यक्रम तालिम संचालन गर्न ख- लैंगिक समानता तथा सामाजिक समाबेशिकरण तालिम संचालन गर्न ग- बालमैत्रि स्थानिय शासन प्रणाली स्थापना गर्न घ- अपांगता पहिचान शिविर सञ्चालन तथा सामाग्री पहिचान गर्न ड- मिडिया तथा सञ्चार च- स्थानिय विकास योजना निर्माणका चरण बारे अभिमुखीकरण छ- पत्रकारीता तालिम संचालन गर्न ज- यौनिक तथा लैंगिक अधिकार तथा स्वास्थ्य झ- मनोसामाजिक, मानसिक स्वास्थ्य र बाल संरक्षण विशेषज्ञ ञ- जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण र वातावरणीय सुरक्षा ट- कृषि, हरित उद्यम र जीविका विकास परामर्शदाता डिजिटल सिप ठ- MIS प्रणाली र नवीनता (ICT4D) ड- नीति निर्माण तथा वकालत, स्थानीय शासन र संगठनात्मक विकास विशेषज्ञ ढ- परियोजना विकास, अनुदान लेखन र डोनर म्यापिङ परामर्शदाता ण- MEAL, अनुसन्धान र मूल्याङ्कन (आधार, मध्य तथा अन्तिम, ड्यासबोर्ड विकास) सुचिकृत हुन आबश्यक पालना गर्नुपर्ने शर्तहरुः १. फर्म दार्ता नविकरणको प्रतिलिपी २. स्थायी लेखा नम्बरको प्रतिलिपी ३. करचुत्ता प्रमाण पत्रको प्रतिलिपी ४. विज्ञको हकमा कार्यानुभवको प्रमाणपत्र तथा शैक्षिक प्रमाणपत्रको प्रतिलिपि थप ५. नागरिताको प्रतिलिपी ६ सेफगार्डिङ नितीमा हस्ताक्षर गरेको प्रमाण पत्र ७ महिला तथा वालबालिका सम्वन्धि कुनै पनि प्रकार विभेद नगरेको स्व घोषण पत्र आवेदन पेश गर्दा पालना गर्नुपर्ने शर्तहरुः १. खाममा पेश गर्नु पर्ने छ । २. आवश्यक पर्ने कागजात नभएमा त्यसको कुनै पनि मूल्याकन गरिने छैन । ३. अन्य यस संस्थाको खरिद नियमावलीनुसार हुने छ । ४. आवेदन पठाउने अन्तिम मिति र ठेगानाः आवेदन संस्थाको फिल्ड परीयोजना कार्यालय जम्बुकाँध, केन्द्रिय कार्यालय नारायण न पा १ दैलेख जिल्ला र परदेश कार्यालय बिरेन्द्रनगर १२ भावरक्षेत्र मा बुझाउन सकिने छ, आवेदन पठाउनु पर्ने अन्तिम मिति र समयः २०८२ साल माघ ६ गते ५ बजे सम्म पेश गरि सक्नु पर्ने छ । ५. आवेदन स्वीकृत भए नभएको सुचना प्रकाशित गरी वस्तु तथा सेवा आपुर्तिकर्तालाई सुचिकृत गरीएको जानकारी सुचना मार्फत दिईने छ । आवेदन स्वीकार गर्ने वा रद्द गर्ने अधिकार यस संस्थामा निहित रहनेछ । खरिद समिति सोसेक, नेपाल