बालबालिकाहरुलाई बालकले नै दिए, łनेतृत्व विकास तालिम

राकम कर्णाली दैलेख – एउटा सानो हलमा २७ जना तालिममा सहभागी छन् । सहभागी बालबालिकाहरु आफ्नै उमेरसंग मिल्ने साथीबाटै कक्षा लिए । आफ्ना अगाडी कपी राखेर ध्यानसंग एकदिने तालिममा सहभागी भएका रार्कमकर्णालीका बाल क्लव र बाल सञ्जालका पदाधिकारी तथा सदस्यहरु आफ्नै समकक्षी साथीबाटै तालिममा ज्ञान लिदा भने दंग परेका थिए । राकमकै १४ वर्षिय विरेन्द्र माँझीले निर्धक्क आफ्नै समकक्षी साथीहरुलाई तालिमकै विषयबस्तुमा आधारित रहेर १ घण्टाको कक्षा लिएका थिए ।

तालिममा बालबालिकाहरुलाई सहजीकरण गर्दै १४ वर्षिया बालक विरेन्द्र माँझी
तालिममा बालबालिकाहरुलाई सहजीकरण गर्दै १४ वर्षिया बालक विरेन्द्र माँझी

गाँउकै नवज्योती उमाविमा कक्षा १० मा पढ्ने विरेन्द्र आफ्ना भनाईहरु जुनसुकै कार्यक्रममा पनि निर्धक्क राख्छन् । उनी पढाईमा तेज र चलाख भएकै कारण आफुजस्तै बालबालिकाहरुलाई उनीहरुकै मनोभावना बुझी तालिम विषयलाई गम्भिरतापूर्वक ढालेर सिकाउने गर्दछन् । łसुरुमा आफ्नो नाम भन्न पनि निकै गाह्रो मान्थे उनी भन्छन् łतर, विस्तारैविस्तारै आफ्नै साथीहरुलाई तालिम दिनेसम्म भए । यसैमा आफुलाई भाग्यमानी ठानेको छु । कक्षा ५ देखी १० सम्म पढ्ने बाल क्लव र बाल सञ्जालका साथीहरुलाई अनुभवी र दक्ष बनाउन विरेन्द्रले तालिममा नविनतम उदाहरणहरु सहित आफुले भन्न खोजेको कुरा बुझाए । त्यती मात्र होईन् उनले तालिमकै विचविचमा सहभागीहरुलाई ज्ञानमुलक शिक्षा दिने खालका मनोरञ्जन समेत दिन्थे । जसले सहभागीहरु विरेन्द्रको कक्षामा निकै उत्साहका साथ सहभागी समेत भएका थिए ।
बालबालिकाको अगुवाईमा गरिने तालिम भएकाले पनि आयोजकले विरेन्द्रलाई तालिम दिनका लागि छनौट गरेको हो । गाँउदेखी जिल्लासम्म हुने सांगितिक कार्यक्रममा हास्यब्यंग्य विधामा आफुलाई देखाउने विरेन्द्रले आफुलाई दिएको जिम्मेवारी जस्तोसुकै अवस्थामा पनि निर्वाह गर्ने बताउँछन् । łविषय अनुसार आफुले जुनसुकै तालिम पनि दिन्छु । विरेन्द्रले भने, आफुसंग भएको ज्ञान सरल तरिकाबाट बुझाउने कोशिस गछु । सवैले ध्यान दिएर सुन्छन् । उनीहरुका लागि म बाटै प्ररणा लिन्छन् । उनी राकम कर्णाली गाविसका बाल सञ्चालको अध्यक्ष हुन् । सेफ द चिन्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखको साझेदारीमा संचालित एकिकृत परियोजनाले विरेन्द्रलाई तालिम दिने अवसर जुढाई दिएको थियो ।

Next Post

Download & Publications