सामाजिक तथा लै∙िक परीक्षण कार्यक्रम प्रतिवेदन २०७३

सामाजिक परिक्षण सम्पन्न
१८ श्रावण, दैलेख
सामाजिक सेवा केन्द्र नेपाल दैलेखको ९ औँ सामाजिक तथा लैङ्गिक परिक्षण कार्याक्रम जिलला विाकास समितिको कार्यालय दैलेखमा  मिति २०७३ श्रावणा १५ गते सम्पन्न भएको छ । सामाजिक सेवा केन्द्र सोसेक नेपाल दैलेखका अध्यक्ष श्री मञ्जु कुमारी खड्रका अध्यक्षतामा सम्पन्न उक्त कार्याक्रममा निमीत स्थानिय विकास अधिकारी वावुराम नेपाली लगायत जिल्ला स्थित विभिन्न सरोकारवाला सरकारी तथा गैर सरकारी संघ संस्था, कर्मचारी, समुदायस्तरका करीब ८० जना लगायतका जम्मा १३८ जना सहभागि भएको कार्यक्रमको सहजिकरण धमाका दैनिक प्रकासक तथा सुशासन सहजकर्ता श्री विष्नु शर्मा सहजीकरण गर्नुभको थियो । सामाजिक तथा लैंगिक परिक्षण जस्तो शुसाशनको कार्यक्रमको लामो अभ्यास सामाजिक सेवा केन्द्रले मात्र अभ्यासमा ल्याएको पाइएकोले यो कार्य उदाहरणिय भएको निमीत स्था.वि.अ. ले बताए । सामाजिक परिक्षण मा सामाजिक परिक्षणका सम्पूर्ण प्रक्रियाहरु सूचना तथ्याङ्कहरू सङ्कलन गर्ने विधि र तरिकाहरू कार्यालयमा अवलोकन , कर्मचारीहरूसँग अन्तक्र्रिया ,संस्थाका कार्यसमितिका सदस्यहरूसँगको अन्तक्रिया, सेवाग्राहीले सेवाप्राप्त गरेर फर्कंदाको अनुभव सङ्कलन लक्षित समुह छलफल , स्थलगत भ्रमण तथा अनुगमन जस्ता बिधिहरु अपानाइएको मा प्रशंशा गरे साथै कार्यक्रम मा उठेका सवाल लाई सुधार तथा पृष्ठपोषणको रुपमा लिन सके जिल्ला को नमुना संस्था बन्ने उनको धारणा थियो । आफ्नो ज्ञुनासो तथा जिज्ञासा राख्ने अधिकांश समुदायका सदस्यले सोसेक नेपाल ले ग्रामिण क्षेत्रमा राम्रो काम गरेको बताएका थिए । जिल्लाका महिला बालबालिका तथा अपाङ्ग, जनजाति को पक्षमा काम गर्ने संस्था भएको र संस्थागत क्रियाकलापमा अघाडी रहेको आवाजका टिमलिडर तारा थापा ले वताइन । कार्यक्रम मा हेल्भेटासका सिल्पा कुवर ले लैङ्गिक भनिए पनि लिङ्ग अनुसारको विवरण तथा खर्च विवररण नआएको बताए ।
कार्यक्रमको समापन गर्दै परिक्षण कार्यक्रमका अध्यक्ष समेत रहेका संस्थाका अध्यक्ष मञ्जु कुमारी खड्रकाले लैङ्गिक परिक्षण प्रस्तुतिकरण गर्नु भएको थियो । कार्यक्रममा आएका सुझावलाई कार्यान्वयनगर्न प्रतिबद्धता व्यक्त गर्दै सुधारर्नु पर्ने कुराहरुलाई कार्ययोजना निमार्ण गरी यथासिघ्र पुरा गर्ने र आगामी दिनमा जिल्लाको नमुना तथा समबृद्ध संस्था निमार्ण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
उक्त सामाजिक परिक्षणको लागि एक महिना देखि सहजकर्ता नियुत्ती गरि संस्थाले गाउमा संचालन गरेका क्रियाकलापको अवलोकन, छलफल समुदाय अंक परिक्षण गरि सो कुरा पनि प्रतिवेदन प्रस्तुतिकरण गरिएको थियो ।

SOSEC-Nepal, Dailekh Social & Jender Audit Report 2073

Next Post

Download & Publications