साेसेक नेपालमा नयाँ कार्य समिति अध्यक्षमा दुर्गा कुमारी श्रेष्ठ

सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले कार्यसमितिले पदाधिकारीको जिम्मेवारी बाडफाँड गरेको छ । शनिवार बसेको कार्यसमितिको बैठकले उपाध्यक्ष, महासचिव, कोषाध्यक्षको जिम्मेवारी बाँडफाँड गरेको हो । बैठकले टिकादेवी जैसीलाई उपाध्यक्षको जिम्मेवारी प्रदान गरेको छ ।

संस्थापक अध्यक्ष हीरासिंह थापाद्धारा नवनिर्वाचित कार्यसमितिलाई सपथ ग्रहण गराउँदै ।

यसैगरी महासचिवमा मञ्जु कुमारी खड्का र कोषाध्यक्षमा कृष्णा रावतलाई जिम्मेवारी तोकिएको संस्थापक अध्यक्ष हीरासिंह थापाले जानकारी दिए । सदस्यहरुमा तारा कुमारी बोगटी, कमला चन्द, कमला कुमारी नेपाली (वादी), हस्त अधिकारी र पवित्रा वादी रहेका छन् ।
गत बुधवार सम्पन्न २२ औँ साधारण सभा तथा बार्षिक उत्सब को वन्दसत्रवाट अध्यक्षमा दुर्गा कुमारी श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत चयन गरिसकेको छ । पदाधिकारीको जिम्मेवारी बाँडफाँडसँगै सपथ ग्रहण समेत सम्पन्न भएको छ ।

Next Post

राउटे वालवालिका लेख्ने प्रयास गदैै

१४ भाद्र २०७६, शनिबार १५:२४

Download & Publications