सोसेक गुराँस गाउँपालिकामा कर्मचारी आवस्यक्ता

          |   315 Views   |   Published Date : 6th November 2019 |

सामाजिक सेवा केन्द्र ९सोसेक० नेपाल महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका र संवेदनशिल भै बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा दैलेख, कालिकोट, अछाम र सुर्खेत जिल्लामा महिला, बालबालिका, लोपोन्मूख राउटे तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकाशको अवधारणमा काम गर्दै आएको संस्था हो । यस संस्थाले महिला तथा बालबालिकाको संरक्षण÷सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेको छ ।
गुराँस गाँउपालिका, ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना (RVWRMP) आर्थिक सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेख (SOSEC Nepal, Dailekh)  ले ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनामा खानेपानी, सरसफाई तथा जिविकोपार्जनका क्षेत्रमा सामाजिक परिचालन तथा प्राविधिक सहयोग गर्दै आइरहेको छ । उक्त कार्यका लागि कर्मचारीहरु आवश्यक भएकोले योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरु (१८ बर्ष पुरा भई ४० बर्ष ननाघेको) बाट सूचना प्रकाशित मितिले १५ दिन भित्र दरखास्त आब्हान गरिन्छ ।

सम्बन्धित निवेदकको हस्त लिखित निवेदन, संस्थाले दिएको फर्मेटमा वैयक्तिक विवरण, नागरिकताको प्रतिलिपी, शैक्षिक योग्यताका प्रमाणपत्रहरुको प्रतिलिपी र अनुभवका प्रमाणपत्रको प्रतिलिपीहरु अनिवार्य पेश गर्नु पर्नेछ ।

बिस्तृत विवरण तलको लिंकवाट डाउनलोड गरि हेर्न सक्नु हुनेछ ।

 

Vacency_Online_RVWRMP_Gurans

वायो डाटा फर्मेट

Share