सिंहासैन गाविसमा कृषिमेला प्रदशनि, तरकारी खेति प्रति उत्साहित भए सिंहासैनवासी

          |   405 Views   |   Published Date : 19th January 2012 |

दैलेख जिल्लाको अति विकट गाविस सिहासैनमा कृषि मेला प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ । उक्त कृषि मेला प्रदर्शनीमा सिंहासैन गाविसका कृषकहरुले वन्दा, काउली, टमाटर, आलु, मुला, लसुन,  स्याउ, अलैंची, कफी लगायत ५७ जातका फलफुल र तरकारीहरु ल्याएका थिए । ७१ जना कृषकहरुको सहभागिता रहेको उक्त कृषि मेलामा ४४५ वटा अन्नवाली, तरकारी तथा फलफुलहरु दर्ता गराएका हुन् । उक्त कृषि मेला प्रदशनि ग्रामिण पँहुच कार्यक्रम दोश्रो चरणको आर्थिक सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखको आयोजनामा गरेका थियो ।
कृषि मेला प्रदर्शनीमा वन्दा काउली, जरे खेती, मसलाखेती, लहरे खेती र फलफुल खेती गरी ५ किसिमका प्रदर्शनिमा राख्न पाईने व्यवस्था मिलाईएको थियो । कार्यक्रममा ग्रामिण पँहुच कार्यक्रममा जिल्ला टिम लिडर दशरथ मुत्तानले यसरी यहाँका कृषकहरुको सक्रियताले जिल्लाकै नमुनाको कृषिमेला प्रदर्शनी भएको भन्दै प्रशंसा गरे । उक्त कार्यक्रममा वोल्दै सामाजिक सेवा केन्द्र सोसेक दैलेखका अध्यक्ष हीरासिंह थापाले  सिंहासैन गाविसका कृषकहरुको उत्साहलाई देखि यस गाविस लाई आफ्नो संस्था वाट कृषि क्षेत्रमा नमुनाको  रुपमा वनाउने वताए । अध्यक्ष थापाले यस कृषि मेलाप्रदर्शनीको व्यापकता देखेर जाँगर चलाएपछि यस्ता तरकारी उत्पादन  हुँदारहेछन् आगामि दिनहरुमा हामीले तरकारी वाहिरवाट यहाँ भित्र्याउनु हँुदैन यहाँ उत्पादन गरेका तरकारीहरु ट्रकका–ट्रक उत्पादन गरेर वाहिर लगेको आफुले देख्न चाहेको कुरा वताए । साथै कालीका उमावि का प्राचार्य दिपेन्द्र शाहीले तरकारी उत्पादनलाई गुजारा गरी आफुलाई मात्र विहान वेलुका खानको लागि नभएर व्यवसायिक रुपमा गर्नु पर्ने र पढेर वेरोजगार वसेका युवा युवतीहरुले खाली वस्न भन्दा आफ्नो बाँझो खेत वारीमा तरकारीखेती गरे रोजगारीको अनुभुती गर्न सकिने वताए । राजनितिक दलका प्रतिनिधि हरुले पनि हामिले तरकारीहरु वाहिरवाट ल्याएर घरमा प्रदर्शन गराउँछौ त्यसो नभएर आफ्नै गाउँमा उत्पादन गरे हामिले पनि तरकारी प्रदर्शन गर्न पाउने रहेछांै भन्ने कुरा व्यक्त गरे ।  यस्तै सिंहासैन ३ का अगुवा कृषक देव वहादुर वि.क ले सवै कृषक दाजुभाईहरुले आफ्नो बाँझो रहेको खेत वारीमा तरकारी खेतीप्रती जाँगर चलाए हाम्रो देश भोकमरीमा नपर्ने र कसैको पनि भर नपर्ने स्थिती हुने कुरा वताएका थिए । कृषि मेला प्रदर्शनीमा प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुनेलाई पुरस्कारको समेत व्यवस्था गरिएको थियो । प्रथम, द्धितिय, तृतिय र सान्त्वना क्रमशः काउली वन्दा तर्फ उदय शाही, ददी कठायत, छत्रा सिँजापती र महाजित वढुवाल रहेका छन् । त्यस्तै जरेखेती तर्फ प्रथम, द्धितिय, तृतिय र सान्त्वना  क्रमशः मैना वढुवाल, महाजित वढुवाल , धनकला सिँजापती र डल्ली कठायत रहेका छन् । मसलाखेती तर्फ प्रथम, दृतिय, तृतिय र सान्त्वना क्रमशः गंगाराम जैसी, चक्र वहादुर सिँजापती, दिलमाया सिँजापती र लोकेश कठायत, लहरेखेती तर्फ प्रथम, द्धितिय, तृतिय र सान्त्वना क्रमशः महाजित वढुवाल, महाजित वढुवाल, कलम शाही र कला थापा फलफुल खेती तर्फ प्रथम, द्धितिय, तृतिय र सान्त्वना क्रमशः जय वहादुर कठायत, रेशमकला शाही, रेशम शाही र गम कठायत रहेका छन् । प्रदर्शनीमा प्रथम पुरस्कार गार्डेन पाईप र सानो स्प्रेय दृतिय पुरस्कार हजारी र सानो स्प्रेय तृतिय पुरस्कार हजारी र सान्तोना पुरस्कार मझ्याला स्प्रेय राखिएको थियो । सामाजिक सेवा केन्द्रका अध्यक्ष हिरासिह थापा, ्रामिण पँहुच कार्याक्रममा जिल्ला टिम लिडर दशरथ मुत्तान कुशल हमाल  र रामाघाट सिंहासैन सडक खण्ड सामाजिक तथा आर्थिक कार्यक्रम संयोजक झक्क वहादुर विष्ट खगेन्द्र शाही लगयतले प्रमाण पत्र र तरकारी विषादी तथा सिचाईका सामाग्रीहरु पुरस्कार हस्तान्तण गरेका थिए । कृषिमेला प्रदर्शनीमा मेहेनत गरेपछि विदेश जान नपर्ने जस्ता तरकारीखेती प्रती उत्साहीत हुने किसिमका गीतहरुका माध्यमवाट  प्रष्ट पारिएको थियो । लोकगीत प्रतियोगीतामा ६ वटा क्लवहरुले टिम दर्ता गराएका थिए । जगरण युवा क्लव सिंहासैन प्रथम, जनचेतना युवा क्लव दृतिय, नवजागरण युवा क्लव तृतिय र शान्ती समुह , परिपातल , हरियाली युवा क्लव  सान्त्वना भएका छन् । प्रथम पुरस्कार रु १००० दृतिय रु ७००। तृतिय रु ५००। र  सान्तोना रु ३००। र प्रमाण पत्र सहित सम्मान गरीएको थियो ।

Share

Leave a comment

Your email address will not be published.


*