१३ औँ खुल्ला दिसा मुक्त गा.वि.स.नेपा

१३ औँ खुल्ला दिसा मुक्त गा.वि.स.नेपा

नेपाल लाइ सन् २०१७ र जिल्लालाइ सन् २०१५ सम्ममा खुल्ला दिसामुक्त क्षेत्रको रुपमा घोषणा गर्ने अभियान चलिरहेको बेला दैलेख सदरमुकाम देखि पश्चिममा पर्ने नेपा गा.वि.स.२०६९ असार १९ गते जिल्लाकै १३ औँ खुल्ला दिसामुक्त गा.वि.स.को रुपमा घोषणा भएको छ । नेपा गा.वि.स.को आयोजना र सामाजिक सेवा केन्द्र दैलेखको सहजिकरणमा २०६७ साल फागुन २५ गते गाउँ खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका्े गठन भइ सरसफाइ सम्बन्धिका गतिबिधीहरु सञ्चालन भइरहेका थिए । भि.वास.सि.सि.बाट गा.वि.स.कार्यालय, तिवाडी मन्दीर र उपस्वास्थ्य चौकी क्षेत्र वरपर सरसफाइ गर्ने कामको सुरुवात भइ सर्वप्रथम गा.वि.स.मा नेतृत्व गर्ने राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, शिक्षक कर्मचारी, भि.वास.सि.सि.का सदस्यहरु, व्यापारी, महिला स्वयम् सेविका र स्थानिय सामुदायिक संस्थाका प्रमुखहरुले अनिवार्य रुपमा आ–आफ्नो घरमा चर्पी बनाइ उदाहरणीय रुपमा समुदायमा सरसफाइ अभियान सञ्चालन भएको थियो ।
२०६८ साल फागुनमा बसेको भि.वास.सि.सि.नेपाको बैठकले २०६९ जेठ मसान्त सम्ममा सम्पूर्ण नेपा बासीले आ–आफ्नो घरमा चर्पी बनाइ प्रयोग गर्नु पर्ने निर्णय गरी ९ वटै वडामा सरसफाइ सहजकर्ता छनौट तथा अभिमुखिकरण गरी परिचालन गरिएको थियो । सरसफाइ सहजकर्ताको सहयोग र उपस्वास्थ्य चौकी नेपाका इन्चार्ज पुर्णबहादुर खनाल र सोसेक दैलेखका सामुदायिक सहजकर्ताको सहजिकरणमा प्रत्येक वडामा वडाभेला गरी वडा सरसफाइ समन्वय समिति गठन गरिनुका साथै अभिमुखिकरण गरिएको थियो । गा.वि.स.भर सरसफाइको तथ्यांक संकलन, प्रचार प्रसार, छलफल अभिमृुखिकरण, अनुगमन गरी चर्पी निमार्ण कार्यले तिब्रता दिइएको थियो । २४१ घरधुरीमा मात्र चर्पी निमार्ण भएकोमा यस सरसफाइ अभियान अवधीभर ७१८ घरधुरीमा चर्पी निमार्ण तथा प्रयोग भइ गा.वि.स.नै खुल्ला दिसामुक्त गा.वि.स.को रुपमा घोषणा हुन सफल भएको छ ।
खुल्ला दिसामक्त गा.वि.स. घोषणा कार्यक्रमलाइ सफल बनाउन जलश्रोत व्यवस्थापन कार्यक्रम हेल्भेटाँस नेपाल,  माथिल्लो कर्णाली जलबिधुत परियोजना जि.एम.आर. कम्पनी, जिल्ला खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालय दैलख, सामाजिक सेवा केन्द्र्र दैलेख, नेपा गा.वि.स.को संयुक्त प्रयास तथा सहयोगमा नेपा गा.वि.स.जिल्लाकै १३ औँ खुल्ला दिसामुक्त गा.वि.स.को रुपमा घोषणा भएको हो ।

Next Post

Mailing Address

१७ श्रावण २०६९, बुधबार १६:०१
Social Service Centre (SOSEC) Nepal, Dailekh Centre Office: Narayan Municipality -1, Devkota Chowk, Dailekh |Tel +977 89-41001870/410096 fax +977 89-410093 |  toll free number :16608942001 E-mail :sosecdailekh@gmail.com/hirad@ntc.net.np/info@sosec.org.np Website: www.sosec.org.np Contact Person: Mrs.  Manju Khadka |  President | Social Service Centre (SOSEC) Nepal, Dailekh Centre Office: Narayan Municipality -1, Devkota Chowk, Dailekh […]

Download & Publications