सदरमुकाम सहित गाउमा पनि विपद व्यवस्थापन दिवश २०१२

सदरमुकाम सहित गाउमा पनि विपद व्यवस्थापन दिवश २०१२
महिला तथा बालिका ः विपद् उत्थानशिलताका शक्ति मुल नाराका साथमा दैलेखमा पनि विपद् जोखिम न्युनिकरण दिवश २०१२, रयालि सहित कोणसभा गरी मनाइएको छ । दैलेख बजारको गणेशचोक बाट सुरुवात भएको रयालि पुरानो बजारको नारायण मन्दिर परिक्रमा गरी देबकोटा चोकमा कोण सभा सहित समापन भएको थियो । कोण सभालाई समापन गर्दै प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले विशेष गरी महिला र बालबालिकाहरु विपद्को वेला वढी जोखिममा पर्ने भएकोले उनिहरुलाई विपत बाट जोगाउन वढी सम्वेदन शिल हुनु पर्नेछ । विभिन्न किसिममा विपद बाट जोगिनको लागि देश व्यापि रुपमा कार्यक्रम मनाईको जानकारी दिनु भएको थियो । यस प्रकारका दिवशहरु जिल्लाका वासी, वडाखोला र विन्दावासीनी गा.वि.स.मा सोसेक दैलेख मनाउन सहयोग गरेकोमा उक्त संस्थाको सहयोगलाई धन्यबाद दिनुभएको थियो । विभिन्न गैर सरकारी सस्था तथा सरकारी निकायकोे समन्वयमा सञ्चालित कार्यक्रममा राजनितिक दलका प्रतिनिधिहरु, सरकारी तथा गैरसरकारी सस्था प्रमुख तथा प्रतिनिधिहरु तथा कर्मचारीहरु र सर्वसाधारणको सहभागिता रहेको थियो ।
अन्तराष्टिय रुपमा मनाईदै आएको यस विपद जोखिम न्युनिकरण दिवश २०१२, लाई स्थानिय स्तरमा प्रचार प्रसार गर्नको ला्गि बांसि गा.वि.स.मा पनि गा.वि.स. स्तरमा नारा जुलुस सहितको रयालि सहितको करिव तिन सय जनाको विद्यालय परीसर बाट कार्किवाडा सम्म परीक्रमा गरी कोण सभा सहित कार्यक्रम मनाएका छन । स्थानिय बाल सञ्जालको समन्वय तथा सामाजिक सेवा केन्द्र सोसेक नेपालले सहयोग गरीएका थियो यस कोण सभाको समापन बाल स्थानिय बालसञ्जालका अध्यक्ष मनोज बुढाले गर्नु  भएको थियो । उत्त कार्यक्रममा महिला बालबालिका युवा स्थानिय शिक्षक तथा बुद्धिजिवि र विभिन्न स्थानिय बासिहरुको सहभागिता रहेको थियो भनि सामाजिक सेवा केन्द्रका अभियानकर्ता बालकुमारी नेपाली ले बताउनु भएको छ । त्यसै गरी बडाखोला र विन्दाबासिमा पनि यस दिवशको अवसर पारी यही आश्विन १३ गते रयालि सहितको कार्यक्रम गर्ने भनि योजना बनाएको अभियान कर्ता रविकला विक र हेमा थापाले जानकारी दिनुभएको छ ।
रेडियो धुव्रतारावाट जोखिम न्युनिकरण सम्वन्धी तपसिलका नाराहरु २५, २६ र २७ गते दैनिक १० पटकका दरले प्रसारण गरिएको थियो उक्त कार्यमा नारायण नगरपालिका, सामाजिक सेवा केन्द्र (सोसेक), सुडेक, केयर नेपाल समुदाय सहयोग कार्यक्रमले सहयोग गरेका थिए ।

अन्तराष्ट्र्यि विपद् जोखिम न्यूनीकरण दिवश २०१२ को सन्दर्भमा जनहितका लागि जारी पूर्वतयारीका सन्देशहरु तथा नाराहरुः
उत्थानशिल समुदाय निर्माणमा महिला तथा वालिका अदृश्य शक्ति हुन ।
विपद् पूर्व तयारी, हामी सबैको जिम्मेवारी
विपद् बाजा बजाएर आउदैन है………….।
समुदायका सदस्यहरु नै प्रथम उद्धारक हुन् ।
राहत दया होइन, अधिकार हो ।
पूर्व तयारीमा रहन सके विपद्बाट हुने क्षति कम गर्न सकिन्छ ।
भूकम्प प्रतिरोधी घर निर्माण गरौं ।
सुत्ने ठाउँको माथि गह्रौं तथा धारिला वस्तुहरु नराखौं ।
घरमा भएका महत्वपूर्ण सामानहरु (झटपटको झोला) र परिवारका सबैलाइ थाहा हुने गरि सुरक्षित स्थानमा राखौं ।
सुरक्षित स्थानको पहिचान गरी राखौं ।
जीवनका अत्यावश्यक सामग्रीहरm जस्तै – अन्न, पानी आदिको पूर्वतयारी गरी राखौं ।
आपतकालीन सामग्रीहरु जस्तै टर्चलाइट, सलाई, रेडियो तुरुन्त भेटिने स्थानमा राखौं ।
सहयोगी निकाय र महत्वपूर्ण टेलीफोन नम्बरहरु जानी राखौं ।
हिँड्ने बाटो फराकिलो र खुला राखौं ।
भूकम्पवाट वच्न पूर्वतयारी योजना वनाई राखौं ।
कोठा भित्र दराज, ऐना, र्याक, जस्ता गह्रौ वस्तु नहल्लिने गरी वांधेर राखौं ।
बाढीवाट बच्न निम्न पूर्वतयारी गरौं ।
महत्वपूर्ण कागजपत्रहरु सुरक्षित राखौं ।
आपतकालीन कोषको व्यवस्था गरौं ।
पूर्वतयारीको योजना बनाऔं र छलफल गरौं ।
वर्षातको लागि आवश्यक पर्ने सुख्खा खानेकुराहरु तयार गरी राखौं ।
पूर्वसूचना प्रणाली संयन्त्र बनाऔं ।
नदीको किनारमा वालुवाको वोरा, वाँस आदिको बार लगाएर वृक्षारोपण गरौं ।
आपतकालीन सामग्रीहरु (प्राथमिक उपचारका सामाग्री, डुङ्गा, टूयव, डोरी लाईफ ज्याकेट……आदि) तयारी अवस्थामा राखौं ।
उद्धार गर्दा वुढावुढी, गर्भवती, सुत्केरी, वालवालिका र अशक्तलाई  प्राथमिकता दिउ‘ ।
सूरक्षित स्थान तथा सूरक्षित घर÷भवनको पहिचान गरी राखौं ।
सहयोगी निकाय र महत्वपूर्ण टेलिफोन नम्वर जानी राखौं ।
संभावित प्रकोपवाट कसरी वच्ने भनि नमुना अभ्यास गरी राखौं ।
विपद् पूर्वतयारीको विषयमा विध्यार्थीहरmलाई कक्षा कोठा छलफल एवं प्रतियोगिताहरm मार्फत जनचेतना अभिवृद्धि गराऔं ।
भिरपाखाबाट जथाभावि ढुङ्गा, माटो नझिकौं ।
अव्यवस्थित तरीकाले रुखहरु नकाटौं ।
पहिरो जाने ठाउँमा रुखविरुवा लगाई संरक्षण गरौं ।
पहिरो जाने ठाउँ वरीपरी भलकुलो तर्काउँ, टेवा पर्खाल लगाई ढुङ्गा, माटो तल खस्नवाट रोकौं ।
भिरालो जमिनमा घाँस र फलफूल लगाई माटोको संरक्षण गरौं ।
पहिरो जान लागेको क्षेत्रमा मानिस, घरपालुवा पशुलाई पस्न नदिऔं ।
समुदायको पहिरोवाट वच्न पूर्वतयारी योजना वनाई राखौं ।
महामारी फैलन सक्ने संभावना प्रति सतर्क रहेर सरसफाईमा ध्यान दिउं ।
विपद् पीडितको मानव अधिकारको रक्षाका लागि पहल गर्ने ।

Next Post

विश्व हात धुने दिवश सदरमुकाममा पत्तो भएन तर गाउमा धुमधाम

२६ आश्विन २०६९, शुक्रबार ०९:२३
विश्व हात धुने दिवश सदरमुकाममा पत्तो भएन तर गाउमा धुमधाम सधै जसो विश्वभर अक्टुवर १५ का दिनमा मनाईने विश्व हात धुने दिवश दैलेख जिल्ला सदरमुकाममा त्यति चहल पहल नभएता पनि जिल्लाका बासि, बडाखोला, विन्दाबासिनि, विशल्ल, पिपलकोट, नेपा र सिहासैन लगाएतका गा.वि.स.मा हात धोएरै łहात धोऔ रोग बाट बचौं भन्ने नाराका […]

Download & Publications