भित्ते पत्रिकाबाट अधिकारको खोजी गर्न सुझाव

भित्ते पत्रिकाबाट अधिकारको खोजी गर्न सुझाव

बाल भित्ते पत्रिकाबाट दैलेखका बालबालिकाहरुले आप्mनो हकअधिकारको खोजी गर्न सुझाव दिइएको छ ।  दैलेख जिल्लामै पहिलो पटक आयोजना गरिएको भित्ते पत्रिका तालिम समापनका सहभागीहरुले बुधवार सो सुझाव दिएका हुन् । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको आयोजना  र टि डि एच जर्मनि नेपाल कार्यक्रमको सहयोगमा गत सोमवारदेखि उक्त तालिम सुरु भएको थियो ।

 

तालिम समापनमा दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी भक्तबहादुर कार्कीले भित्ते पत्रिकाका माध्यमबाट बालबालिकाहरुले आफ्नो गाउँठाउँको विकास निर्माण, सकारात्मक र नकारात्मक पक्षहरु तथा हक अधिकारका कुराहरु उजागर गराउन सुझाव दिए । बालबालिकाहरुले आफ्नो जिल्लामा पाएको मौकाको सदुपयोग गर्न सुझाव दिदैं सक्षम पत्रकार बन्ने अवसर मिलेको धारणासमेत राखे ।
यसैगरी दैलेखका प्रहरी प्रमुख डिएसपी सुदर्शन थापाले पत्रकारिताको माध्यमबाट समाजमा सकारात्मक छाप छाड्न बालबालिकाहरुलाई आग्रह गरे । जिविस दैलेखका कार्यक्रम अधिकृत पदम सापकोटाले बालबालिकाहरुलाई पनि स्थानीय निकायमा बजेट छुट्याउने गरिएकोले त्यसको बारेमा सोधखोज गर्न सुझाव दिए । कुनैपनि योजनाहरुमा बालबालिकाहरुको सहभागिता अनिवार्य भएकोले त्यसका लागि पनि लड्न उनले आग्रह गरे ।
सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखका अध्यक्ष हिरासिंह थापाले भित्तेपत्रिकाका माध्यमबाट बालबालिकाहरुले गरेका कार्यहरुलाई बाहिर ल्याउन सकुन् भनेर तालिमको आयोजना गरिएको बताए । उनले आगामी दिनमा यस्ता तालिमलाई अझ बृहत बनाउने आश्वासनसमेत दिए ।
कार्यक्रममा निमित्त जिल्ला शिक्षा अधिकारी भीमप्रसाद शर्मा, पत्रकार महासंघ दैलेखका अध्यक्ष पुष्कर थापा, तालिमका प्रशिक्षक ललित बसेल, सहभागी बखत हमाल र गीता बडवाललगायतले आफ्ना धारणा राखेका थिए ।
दैलेखका विन्ध्याबासिनी, बाँसी र बडाखोला गाविसका १२ जना बालबालिका तथा युवाहरुको सहभागिता तालिमको सहजीकरण सोसेक दैलेखका कार्यकारी निर्देशक राजेश शोनीले गरेका छन् । उनले भित्ते पत्रिकासम्वन्धी तालिम जिल्लामै पहिलो पटक भएको बताएका छन् ।

Next Post

२३ कार्तिक २०६९, बिहीबार ०३:२२

Download & Publications