सहकारीले ल्यायो बैंङकिङ सुविधा

सहकारीले ल्यायो बैंङकिङ सुविधा

पिपलकोट बासीको बर्षौदेखिको बैङिक कारोवारको हैरानी समाज कल्याण उपभोक्ता सहकारी संस्थाको स्थापनासंगै हटेको छ । सानोतिनो बैङिकङ कामका लागि पनि सदरमुकाम पुग्नुपर्ने समस्याको समाधान अहिले आएर गाऊमै सुरु हुन लागेको छ । समाज कल्याण उपभोत्ता सहकारी संस्थाको स्थापना वि.स.२०६७ सालमा पिपलकोट गाविसको वडा नं. ६ श्री बजिरसिह बिकको अध्यक्षतामा भएको थियो । नेपाल सरकारको १ लाख सहयोगबाट ऋणको परिचालनको सुरुवात गरेको उत्त सहकारीले शुरुमा ७५ हजार रुपैंया जत्तिको ऋण लगानी गरेको थियो तर, ऋण लिने मानिस नै बेपत्ता भएपछि सहकारी सबै भताभुंग भयो । पिपलकोट गाविसमा अब सहकारीको विकास गर्न सकिदैन कि भनेर सहकारी संचालक सदस्यहरुले आशा मारिसकेको बताए तत्कालिन अध्यक्ष बजिरसिंह विकले ।

सहकारी संचालकहरुको टाउको खाने रोग नै बनिसकेको थियो । पहिलो पटक सहकारी दर्ता गरेको त्यो पनि लथालिंग भएकोले शेयर सदस्यहरुले टाउको खाने गरेका थिए संचालकहरुको । नत लगानी गरेको ऋण नै असुली भयो नत गाउंलेले सहकारी प्रति विश्वास नै गरे । उल्टो सहकारीको विरुद्धमा लागेर संचालकलाई बसी खान दिएका थिएनन । सहकारीलाई बन्द गर्ने अवस्थामा पुगी सकोको बेलामा सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखद्धारा डिसिए आइसिसी ओ र लुथरन विश्व फेडेरेसनको आर्थिक सहयोगमा सञ्चालित उत्थानशिल जीविकोपार्जन तथा दिगो खाद्य सुरक्षा परियोजना अन्तर्गत सहकारी विकास कार्यक्रम पनि यो गाविसमा शुरु भयो । र, उक्त कार्यक्रमका कर्मचारी सहकारी गठन गर्ने कुरा गरी गाउमा पस्दा त्यतिबेला त्यहाका स्थानीय व्यक्तिहरुले त्यही समाजकल्याण उपभोक्ता सहकारीको कुरा निकालेपछि उक्त सहकारीका अध्यक्ष अबिलाल जैसीसंग भेट भयो र उक्त सहकारीलाई नै सुधार गरी गाउंमा सहकारी प्रति मानिसहको विश्वास जाग्रित गर्नुपर्छ भन्ने उद्देश्य राखी सो सहकारीको व्यवस्थापनमा परियोजनाले सहजिकरण ग¥यो । अध्यक्ष अविलाल जैसी भन्छन् –यसरी परियोजनाबाट र दक्ष प्राविधिकबाट विभिन्न क्षमता विकासका तालिम तथा सहयोग प्राप्त भएपछि विग्रेको सहकारी बन्ने आशा पलायो र सोही अनुरुप आजको यो अवस्थामा पुगिएको छ । Cooprative-2
उक्त परियोजनाबाट तीन वटा तालिम दिएको थियो । तालिम पश्चात सहकारीको अवस्था परिर्वतन भएको कुरा बताउछन् उक्त सहकारीका अध्यक्ष । उनको अनुसार यो –“कार्यक्रमबाट पीपलकोटबासीको पैसा राख्ने र ऋण परिचालन गर्ने बैंकको रुपमा यो सहकारी स्थापना भएको बताए” । उनले भने, सहकारीको नीति परिवर्तनले धेरै शेयर सदस्य बढेको र आंज पनि बढ्ने अवस्था छ । विपन्न वर्गले पनि एक सय रुपैंयाले शेयर लिन पाउदा सहकारी लोकप्रिय रहेको बताए । उनले भने हाम्रो जस्तो ठाउमा यसरी भताभुंग भैसकेको र जनताबाट विश्वास गुमाई सकेको सहकारीलाई उत्थानकार्यमा परियोजनाको सहयोगबाट यहां समुदायका मानिसहरुलाई ऋण लिन पैसा बचाउन धेरै सहज भएको छ । यसै सहकारीबाट ऋण सुविधालिई बाख्रापालन व्यवसाय गर्दै आएका कूलबहादुर वि.क. भन्छन् “शुरुमा त सहकारीलाई हामीले हाम्रो पैसा लुट्न आएको जस्तो लाग्थ्यो तर अहिले मैले यसै सहकारीबाट बाख्रापालनको लागि ऋण तथा प्राविधिक सहयोग पाएको छु । मलाई सहकारीले उद्यमी बनाएको छ । र साथै अहिले हामीले बल्ल बुझ्यौं यो त हाम्रो सुख दुखको साथी रहेछ ।”
भौगोलिक अवस्थाले पिछडिएको गाविसमा पैसा बचत गर्नु भन्दा छक्क पर्थे । अहिले गाउघरमै बैंक यो रहेछ भन्दै समुदायका मानिसहरु नियमित पैसा बचत गर्नुका साथै व्यवसायिक योजना बनाएर व्यवसाय सञ्चालनको लागि ऋण माग्न आउन थालेका छन् । उनका अनुसार अहिले शेयर सदस्य बढेर ९५ जना पुगेका छन् ।

Next Post

Save The Children

२२ चैत्र २०७१, आईतवार १५:२०

Download & Publications