संस्थागत विकासका लागि ः रणनैतिक योजना तर्जुमा कार्यशाला

दैलेख १३ पौष, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखले आफ्ना गतिविधिमा प्रभावकारिता र गुणस्तरीयता कायम गरी लाभान्वित वर्गलाई अझ बढी प्रतिफल उपलब्ध गराउने उद्धेश्यका साथ रणनैतिक योजना तर्जुमा कार्यशालाको आयोजना गरेको छ । उक्त कार्यशाला गोष्ठिले संस्थाको तीन वर्षिय रणनैतिक योजना तयार गरेको सोसेकका अध्यक्ष मञ्जु कुमारी खड्काले बताईन ।
news-stragety-workshop-2 news-stragety-workshop-4 नागरिक समाज द्धारा गठित संघ संस्थाको मुख्य उद्धेश्य भनेकै राज्यका नीति नियमहरुको कार्यान्वयनका लागि समझदारी, खबरदारी र साझेदारीको माध्यमबाट लाभान्वित वर्गलाई अधिकतम प्रतिफल उपलब्ध गराउनमा सहयोग गर्नु भएको खड्काको भनाई थियो । उनले थपिन, जनप्रतिनिधि विहिन वर्तमान परिस्थितीमा राज्यका संयन्त्रहरुले प्रभावकारी रुपमा कार्य गर्न नसकिरहको अवस्थामा गै्रह््सरकारी संघ संस्थाको भूमिकालाई महत्वपूर्ण ठानिएको छ । यस्तो अवस्थामा संस्थाका रणनीति योजना तर्जुमा तथा कार्यान्वयन प्रक्रिया पारदर्शि, स्पष्ट र प्रभावकारी हुन सकेन्न भने गन्तव्यमा पुग्न कठिनाई हुने खड्काले बताईन । आगामी दिनमा संस्थाले लक्षित समुदायका करिब २५ हजार घर परिवारको शिक्षा, स्वास्थ्य, आर्थिक तथा सामाजिक विकास तथा पर्यावरणीय सुधार गर्दै अधिकार उपयोगका लागि सशक्तिकरण गरी संस्थागत विकास गर्नेमा खड्काले जोड दिइन ।

तत्कालिन राजनैतिक तथा सामाजिक परिस्थितीलाई मध्य नजर गर्दैे आफ्ना गतिविधिको प्रभावकारी कार्यान्वयन, श्रोतको खोजी, सरोकारवालाको छनौट गर्न सजिलो होस भन्ने हेतुका साथ हरेक संस्थाले आफ्नो रणनैतिक योजना बनाउन आवश्यक भएको कार्यक्रमका सहजकर्ता तथा परामर्शदाता रणनैतिक योजनाका मस्यौदाकार सूर्य न्यौपानेको भनाई थियो । उनले थपे, रणनैतिक योजनाले संस्थालाई सहि मार्गमा डो¥याउन सहयोग गर्छ ।
अधिकाँस नागरिक समाजका संस्थाहरुले विकासे गतिविधि सञ्चालन गर्न दातृ निकायको भर पर्ने गरेको न्यौपानेको भनाई थियो । उनले थपे, बाह्य सहयोग विना पनि सामाजिक सेवा गर्न श्रोतको खोजी गर्नुपर्छ । जहाँ कर्मचारीको मूल्य हुन्छ, त्यहा संस्था र समुदायको पनि मूल्य हुन्छ । एउटा संगठनको संस्थागत विकास गर्न दक्ष मानवीय श्रोतको आवश्यक पर्ने हुदाँ संस्थाले मानवीय श्रोतको पनि क्षमता विकास गर्नेुपर्नेमा न्यौपानेले जोड दिएका थिए ।
तीन दिन सम्म सञ्चालित कार्यालाले सन २०१७ देखि २०१९ सम्मका लागि त्रीवर्षिय रणनैतिक योजना तयार गरेको छ । उक्त कार्यशालामा निर्दिष्ट लक्ष्य, उद्धेश्यको किटान गर्नुका साथै सामाजिक, राजनैतिक, आर्थिक, प्राविधिक र वातावरणीय पक्षहरुको विश्लेषण गरिएको थियो ।

Next Post

३४ औं साक्षर, आधाुभुत शिक्षा प्रदायक तथा विद्यालय शान्ति क्षेत्र कार्यान्वयन जिल्ला घोषणा

१४ पुष २०७३, बिहीबार ०१:१७
निर्मल अधिकारी दैलेख, हाम्रो दैलेख जिल्ला, गुणस्तरीय शिक्षाको राम्रो किल्ला भन्ने मुल नाराका साथ साक्षर तथा अनिवार्य आधारभूत शिक्षा र विद्यालय शान्ति क्षेत्र प्रतिबद्धता कार्यान्वयनको आज घोषणा भएको छ । जिल्ला शिक्षा कार्यालयको आयोजनामा पूर्ण साक्षर जिल्ला घोषणा गरिएको हो । पूर्ण साक्षर घोषणामा दैलेख ३४ औं जिल्ला तथा शान्ति […]

Download & Publications