पचास प्रतिशत महिला उम्मेदवार उठाउन माग

सुनसरी । महिला नेतृहरुले स्थानीय निकायको निर्वाचनमा ५० प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्न माग गरेका छन् ।

अन्तरपार्टी महिला सञ्जाल झापाको शुक्रवार बसेको बैठकमा सहभागी महिलाहरूले नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष सहित सबै पदको उम्मेद्वारीमा अनिवार्य ५० प्रतिशत सिट सुरक्षित गराउन दलहरूलाई आग्रह गरेका हुन् ।mahila khabar

७ बुँदे मागपत्र जारी गर्दै सञ्जालले जनसंख्याको आधारमा आधाभन्दा बढी हिस्सा ओगटेका महिलाको हक, अधिकार रक्षा तथा सम्मानजनक र समान प्रतिनिधित्वका लागि सरकार तथा राजनीतिक दलसँग माग गरेका छन् । हालको व्यवस्था अनुसार वडाको उम्मेदवारीमा ४० प्रतिशत र नगरपालिकाको मेयर तथा उपमेयर मध्ये एक जना महिला उम्मेदवार उठाउनुपर्छ । तर एउटा दलले महिला उम्मेदवार बनाउदा, अर्काे दलले सोही पदमा पुरुष प्रतिद्धन्द्धी उठाउदा महिलाको सिट सुरक्षित नहुने भन्दै ५० प्रतिशतको दाबी गरेका हुन् ।

दलहरूले आफ्नो पार्टीको विजय सुनिश्चित भएका ठाउँमा महिलालाई उम्मेदवार बनाउनुपर्ने, निर्वाचन कर्मचारी, पर्यवेक्षक, अनुगमनकर्ता र म्यादी प्रहरीमा ५० प्रतिशत महिला नियुक्त गर्नुपर्ने उनीहरूको माग छ ।

सञ्जालले आन्दोलनरत संघीय गठबन्धनका जायज मागहरू सम्बोधन गर्दै तराई मधेशमा उत्पन्न समस्या समाधान गरी सहज र शान्तिपूर्ण तवरले सबै दलको सहभागितामा स्थानीय तहको निर्वाचनको वातावरण बनाउन माग गरेको छ ।

त्यस्तै, निर्वाचन प्रचार प्रसारलाई तडकभडक रहित र मितव्ययी बनाउन र मतदाता शिक्षा प्रभावकारी बनाउन निर्वाचन आयोग र सम्पूर्ण राजनीतिक दलहरूसँग सञ्जालको माग छ ।

यसैगरि, जिल्ला समन्वय समितिमा प्रतिनिधित्व गर्ने कुल सदस्य संख्याको ५० प्रतिशत महिला सहभागिता सुनिश्चित गर्नुपर्ने सञ्जालको माग छ । मागहरू कार्यान्वयनका लागि सबै पार्टीलाई सामूहिक रूपमा ध्यानाकर्षण तथा दबाब दिने सञ्जालले निर्णय गरेको छ ।

महिला खवरवाट साभार गरिएकाे हाे ।

Next Post

एइआइएन लक्जेम्बर्ग को ५० औं वार्षिक दिवस सम्पन्न

६ चैत्र २०७३, आईतवार २२:१०
एइआइएन लक्जेम्बर्ग स्थापना भएको ५० औं वर्षको उपलक्ष्यमा आवाज, नवज्योती र सामाजिक सेवा केन्द्र(सोसेकले विरेन्द्रनगर सुर्खेतमा १०७ औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसर पारी संयुक्त रुपमा वार्षिक दिवस मनाएका छन् । उक्त कार्यक्रमलाई एइआइएन लक्जेम्बर्ग र टिडिएच जर्मनी नेपालले सहयोग गरेका थिए । हामीले गरेको सानो सहयोगले नेपालका ग्रामीण क्षेत्रका […]

Download & Publications