एइआइएन लक्जेम्बर्ग को ५० औं वार्षिक दिवस सम्पन्न

एइआइएन लक्जेम्बर्ग स्थापना भएको ५० औं वर्षको उपलक्ष्यमा आवाज, नवज्योती र सामाजिक सेवा केन्द्र(सोसेकले विरेन्द्रनगर सुर्खेतमा १०७ औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसर पारी संयुक्त रुपमा वार्षिक दिवस मनाएका छन् । उक्त कार्यक्रमलाई एइआइएन लक्जेम्बर्ग र टिडिएच जर्मनी नेपालले सहयोग गरेका थिए । DSC08898 DSC08890 DSC08841 DSC08833
हामीले गरेको सानो सहयोगले नेपालका ग्रामीण क्षेत्रका महिला तथा बालबालिकाहरुको क्षेत्रमा उल्लेख्य प्रगति भएकोमा आफुलाई खुसि लागेको एइआइईएन लक्जेम्बर्गका कार्यकारी निर्देशक फ्रान्स वासले बताईन् । उनले थपिन, आगामी दिनहरुमा पनि हाम्रो सहयोग निरन्तर रहने छ ।
महिला तथा बाल अधिकारको क्षेत्रमा अझै पनि धेरै काम गर्न बाकी रहेको महिला तथा बालबालिका कार्यालय सुर्खेतका प्रमुख महिला विकास अधिकृत जमुना पौड्यालले बताईन् । समाजमा अहिले पनि महिला माथि विभिन्न खाले हिंसा तथा दुव्र्यव्यवहार भईरहेका छन् । त्यस्ता हिंसा तथा दुव्र्यवहारको अन्त्य नभए सम्म महिला अधिकारको कार्यान्वयन हुन नसक्ने पौड्यालको भनाई थियो ।
महिला तथा बालबालिका माथि हुने सबै प्रकारका हिंDSC08831साको कारण बाल विवाहनै भएको हुदाँ बाल विवाहलाई न्यूनिकरण गर्नुपर्ने आजको आवश्यकता भएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका संस्थापक अध्यक्ष हिराँसिंह थापाले बताए । उनले थपे, बाल विवाह कुनै एउटा पक्षले मात्रै न्यूनिकरण गर्न असम्भव भएकाले सबैको सहकार्यको आवश्यकता रहन्छ ।
एइआइएन लक्जेम्बर्गका नेपाल संयोजक रमेश तोयाना, टिडिएच जर्मनी नेपालका मोनी श्रेष्ठ, सञ्चारकर्मी, बाल क्लव, महिला समूह र विभिन्न संघ÷संस्थाका प्रतिनिधिको सहभागीतामा सम्पन्न उक्त कार्यक्रममा झण्डै १ सय जनाको उपस्थिती रहेको थियो । उक्त कार्यक्रम महिला हिंसा सम्बन्धि कचहरी नाटक र सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।

Next Post

संघर्षशिल एकल महिलाको जिवन कथा संघर्षले वाच्न सिकायो

१२ चैत्र २०७३, शनिबार ००:११
निर्मल अधिकारी दैलेख, साविकको वेलपाटा गाविसकी लक्ष्मी वि.क.को श्रीमान गुलाफ वि.क.को अकालमै मृत्यु भएपछि उनलाई विहान वेलुका हातमुख जोर्न समेत मुश्किल भयो । भनिन्छ श्रीमान श्रीमति एक रथका दुई पाँग्रा हुन । एउटा पाँग्रा नभए रथ गुड्ना सक्दैन् । श्रीमान रुपी पाँग्रा गुमाए पछि लक्ष्मीले दैनिक घर व्यवहार चलाउन धेरै […]

Download & Publications