मिति ः२०७४ असार १२ गते
विषय ः प्रेस विज्ञप्ती
आज जुन महिनाको २६ तारिक अर्थात लागू औषध तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस हो । आजको लागू औषध तथा दुव्र्यसनी रोकथामका उपाय निम्ति सबैले गम्भीर सामाजिक सहकार्य जुटाउन आवश्यक छ । नेपालको सन्दर्भमा सरकारले १६ देखि ४० वर्ष उमेर समूहलाई युवा भनिएको छ ।
झण्डै ४० प्रतिशत जनसंख्या ओगटेको युवा जनशक्ति नै लागू औषध तथा दुव्र्यसनीमा फसेको विभिन्न अनुन्धानबाट पत्ता लागेकोले युवा जनशक्तिमलाई दुव्र्यसनीबाट जोगाउन शिक्षक, नागरिक समाज र स्वास्थ्य तथा शिक्षा सम्वन्धी सरकारका निकायले सामाजिक वातावरण बनाउने युवाहरुलाई सिर्जनात्मक काममा लगाउन परिवार तथा समुदायले सहयोग गर्न आजको आवश्यकता हो ।
लागू औषध तथा दुव्र्यसनीबाट युवाहरुलाई जोगाउँ, रचनात्मक काम लगाऊँ भविष्यका कर्णधार बालबालिका तथा युवाहरु आफैले पनि भविष्यप्रति सधैं सचेत बनौं लागू औषध तथा ओसारपसार विरुद्धको अन्तरराष्ट्रिय दिवसको अवसरमा सराकारवाला सबैलाई लागू औषध तथा दुव्र्यसनी समस्याप्रति गम्भीर हुन सामाजिक सेवा केन्द्र (सोसेक) आग्रह गर्दछ ।
मञ्जु खड्का
अध्यक्ष
सामाजिक सेवा केन्द्र(सोसेक) नेपाल, दैलेख