SOSEC_RVWRMP Bhagawatimai RM Vacancy Notice

सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका र संवेदनशिल भै बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा दैलेख, कालिकोट, अछाम र सुर्खेत जिल्लामा महिला, बालबालिका, लोपोन्मूख राउटे तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकाशको अवधारणमा काम गर्दै आएको संस्था हो । यस संस्थाले महिला तथा बालबालिकाको संरक्षण÷सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेको छ ।
भगवतीमाई गाँउपालिका, ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना (RVWRMP) को आर्थिक सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेख (SOSEC Nepal, Dailekh)  ले ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनामा खानेपानी, सरसफाई तथा जिविकोपार्जनका क्षेत्रमा सामाजिक परिचालन तथा प्राविधिक सहयोग गर्दै आइरहेको छ । उक्त कार्यका लागि कर्मचारीहरु आवश्यक भएकोले योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरु (१८ बर्ष पुरा भई ४० बर्ष ननाघेको)बाट सूचना प्रकाशित मितिले १५ दिन भित्र दरखास्त आब्हान गरिन्छ ।

सम्बन्धित निवेदकको हस्त लिखित निवेदन, संस्थाले दिएको फर्मेटमा वैयक्तिक विवरण, नागरिकताको प्रतिलिपी, शैक्षिक योग्यताका प्रमाणपत्रहरुको प्रतिलिपी र अनुभवका प्रमाणपत्रको प्रतिलिपीहरु अनिवार्य पेश गर्नु पर्नेछ ।

बिस्तृत विवरण तलको लिंकवाट डाउनलोड गरि हेर्न सक्नु हुनेछ ।

Vacancy SOSEC_RVWRMP

CV Sample SOSEC_RVWRMP

Next Post

Story of Parbati: A youth activist, an entrepreneur

२६ श्रावण २०७६, आईतवार १३:२४
“I left my study due to inadequate Rs 3000.” Parbati Thapa is a third child in her family and is now 28. Parbati belongs to pro-poor family residing in Bhairabi VDC ward no.4. Her father is a typical farmer engaged in agriculture as main profession in little amount of land […]

Download & Publications