महिनावारी भएको वेला महिलाले प्रयोग गर्ने प्याड निर्माणमा सहयोग गर्दै भैरवीका किशोरहरु

दैलेख, जिल्लाको भैरवी गाउँपलिका वडा नम्बर ४ र ५ का किशोर किशोरीहरु महिनावारी भएको वेला महिलाले प्रयोग गर्ने प्याड आफै निर्माण गर्न थालेका छन् । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखद्धारा सञ्चालित आधार परियोजना मार्फत गठित युवा कचहरीमा आवद्ध सदस्यहरुले प्याड निर्माण गरि किशोरीले आफु र महिलाहरुले प्रयोग गर्दै आईरहेका छन् भने अरुलाई प्रयोगका लागि सहज बातावरण श्रृजना गरिरहेका छन् ।

किशोर किशोरीहरुलाई आत्मजागरण, सामाजिक जागरण, शिक्षा लगायतका बिषयमा सचेतना गराउदै आईरहेको आधार परियोजना अन्र्तगत युवा कचहरीमा आवद्ध रहेका सदस्यहरुलाई प्याड निर्माणका बारेमा सिकाईएको थियो । आफै प्याड निर्माण गर्न सक्ने भएपछि महिनावारी भएका बेला बिद्यालयमा देखिने समस्या निराकरण हुनेमा ति किशोर किशोरीहरुको बिश्वास छ । किशोरीहरुले प्रयोग गर्ने प्याडमा किशोरहरुको सहभागि हुनु असाध्य नमुना योग्य काम भएको कुरा भैरवी गाउँपालिकाका अध्यक्ष प्रेम वहादुर वुढाले बताए ।

छाउपडि प्रथा लगायतका बिभिन्न सामाजिक कुप्रथा सहित सामाजिक जागरण मुलक क्रियाकलापहरुलाई तिब्रता दिने गाउँपालिकाको पनी लक्ष्य भएको बताउदै उनले आगामी दिनमा यस्ता क्रियाकलपाहरुलाई प्रोत्साहनका लागी आफुहरु तयार रहेकामा समेत जोड दिए । ‘किशोर किशोरीहरुको सुरक्ष्ाँ तथा हकहितका लागी हामिले पनि काम गरिरहेका छौ, झनै किशोर किशोरीहरुले गरेका यस्ता क्रियाकलापहरु उदाहरिणय काम हुन् ।’ अध्यक्ष बुढाले भने ‘यसलाई निरन्तरता दिन आवश्यक छ ।’ प्याडको निर्माण पश्चात आफुले पनी प्रयोग गरेर सहज महशुष गर्न थालेको युवा कचहरीकि संयोजक अनिता बिश्वकर्माले बताईन् । ‘पहिले हामीलाई प्याडका बारेमा थाहा थिएन्, नाम सुनेको भएपनी यो केहो ? के काममा प्रयोग हुन्छ भन्ने जानकारी नै थिएन् ।’ अनिता थप्छिन् ‘अहिले त हामी आफै बनाएर प्रयोग गर्ने भएका छौ ।’ समुहमा आवद्ध किशोरीहरुका लागी मात्र नभएर नभएर त्यस क्षेत्रमा रहेका किशोर किशोरीहरुलाई पनी प्याड प्रयोगका लागी आफुहरुले हौसला दिएको उनको भनाई रहेको छ । ‘बिगतमा प्याडको प्रयोग नगर्दा कसैले थाहा पाउछन् कि भन्ने, लाज मान्ने गरिन्थ्यो’ उनले भनिन् ‘प्याडको प्रयोग हामै्र लागी त होनी, यसले हामीलाई नै सुरक्षित बनाउने हो ।’

किशोरहरुको सहयोग किशोरीलाई सहज

युवा कचहरीमा आवद्ध रहेका किशोरहरुले प्याड निर्माणका लागी किशोरीहरुलाई सहयोग गर्दै आएका छन् । पुर्ण रुपमा नजानेका किशोरीहरुलाई बाकिँ कुरा सिकाउने, प्रयोगका लागी अभिप्रेरित गर्ने लगायतका कामहरुमा पनी किशोरहरुले सहयोग गर्ने गर्दछन् । शुरु शुरु प्याडको निर्माण गर्न सिकौँ भन्दा सदस्यहरुमा प्याड बनाउन सिकेर के हुन्छ र ? भन्ने सामान्य आनाकानी भएको भएपनी अहिले भने सबैको सक्रियता बढेको युवा कचहरीका कोषाअध्यक्ष कौशल बिकले बताए । ‘शुरु शुरुमा समुह भित्रकै किशोरी साथीहरु हिच्किचाउनु हुन्थ्यो, लाज मानेको जस्तो गर्नुहुन्थ्यो, तर अहिले पनी त्यस्तो छैन् ।’ कचहरी मार्फत बालबिवाह, छाउपडि लगायतका सामाजिक कुप्रथाका बारेमा सचेतना फैलाउने काम समेत भईरहेको उनको भनाई छ । कचहरीमा किशोर किशोरीहरुले लैङ्गिक समानताका बिषयमा पनी छलफल गर्ने गर्दछन् । किशोर किशोरीहरुले संयुक्त रुपमा यि क्रियाकलापहरु गर्दा उनिहरुले आफुहरुलाई झन खुल्ला महशुष गर्ने गरेको परियोेजनाकी सामाजिक परिचालक निर्मला नेपाली बताउछिन् ।

‘बनाउने, प्रयोग गर्ने र बचेको बिक्री’

युवा कचहरीमा भएका किशोर किशोरीहरुलाई प्याड निर्माणका बारेमा जानकारी दिईसकेपछि उनिहरुले प्याड बनाएर आफु मात्र प्रयोग गर्ने नभएर बिक्री पनी शुरु गरेका छन् । अहिले २ जनाले मात्र प्याड निर्माण गरेर बिक्री गरेको भएपनी सबै सदस्यहरुले प्याड निर्माण गरेर अन्यन्त्र बिक्री बितरण गर्ने आफुहरुको योजना रहेको उनिहरुको भनाई रहेको छ । समुहमै आवद्ध किशोरी कृष्णा बिक आफ्नो फुर्सदका समयमा प्याड बनाउछिन् र बिक्री पनी गर्छिन् । ‘आफैले बनाएको प्याड आफै प्रयोग गर्छु बचेको प्याड नजिकका साथीहरुलाई बिक्री गर्ने गरेकी छु ।’ उनि थप्छिन् ‘अझ धेरै बनाएर बिक्री गर्ने योजना छ, यसले फाईदा भएको छ ।’ कृष्णा जस्तै प्याड बिक्रेता अर्कि सदस्य पार्वती थापाले पनी प्याड बिक्री गर्दै आएकि छिन् । ‘पहिले महिनावारी हुदाँ प्याड प्रयोग गर्नुपर्छ भन्ने थाहा थिएन्, अहिले हामीलाई यसले निकै सजिलो बनाएको छ ।’ उनले भनिन्, ‘मेरो त सामान्य खर्च पनी यसैबाट चलेको छ, गाउँघर तिर भएका अरु साथी तथा महिलाहरुले खोजेर भएपनी किन्न थाल्नुभएको छ ।’ युवा कचहरी मार्फत जनचेतना तथा प्याड निर्माण गर्न थालेपछि सो क्षेत्रमा रहेका किशोरकिशोरीहरुमा निकै परिवर्तन आएको छ । किशोर किशोरीहरु सयुक्त रुपमा सामाजिक समस्याका बारेमा नियमित छलफल समेत गर्दछन् । अहिले युवा कचहरी कै कारण सो क्षेत्रमा रहेका अरु किशोर किशोरीहरु पनी थप संवेदनशिल भएको आधार परियोजनाकी सामाजिक परिचालक निर्मला नेपालीको भनाई छ । आगामी दिनमा आफुहरुले पनी उनिहरुको जनचेतना अभिबृद्धि गरेर सामाजिक रुपमा जनचेतना बृद्धि गर्ने आफुहरुको योजना रहेको समेत उन बताईन् ।

Next Post

SOSEC_RVWRMP Bhagawatimai RM Shortlist Notice

८ भाद्र २०७६, आईतवार ०४:४८
सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका र संवेदनशिल भै बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा दैलेख, कालिकोट, अछाम र सुर्खेत जिल्लामा महिला, बालबालिका, लोपोन्मूख राउटे तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकाशको अवधारणमा काम गर्दै आएको संस्था हो । यस संस्थाले महिला तथा बालबालिकाको […]

Download & Publications