बहुअपाङ्गता भएका बालबालिकाहरुप्रतिको रुढिबादि सोचहरुलाई छिचोल्दै
अपाङ्गता भएका बालबालिकाहरु शारिरीक र मानसिक अपाङ्गताका कारण जिवन भरी समस्या त भोग्नु नै पर्ने हुन्छ तर समाजको मानसिकताले पनि यि बालबालिकाहरु पिडामा नुन र्खुसानी छरेको हुन्छ । उनीहरुले आफना सबै आशा ,सपना र्बिसर्न बाध्य हुन्छन्। नेपालको दुर्गम ठाउँका विधालयहरुमा समावेशी शिक्षाको व्यवस्था छैन , त्यसैले उनीहरुले आधारभुत शिक्षामा पनि पहुँच पाउँदैनन । “अपाङ्गता पूर्व जन्मको पाप हो, यसले केही गर्न सक्दैन, यो परिवारको लागि बोझ मात्र हो, यसलाई पढाएर काम छैन , यस्तै रुढिबादि सोचहरुलाई भने १५ वर्षिय विर वहादुरले छिचोल्दै अघि बढेका छन् र आफना आमा बुवालाई गौरभान्वित बनाएका छन् ।
विर वहादुर जन्मदेखि नै बहुअपाङ्गता भई जन्मेका थिए । १५ वर्ष भइसक्दा पनि उनको मानसिक विकास हुन सकेको छैन । उनको माथिल्लो ओठ जन्मदेखि फाटेको भएकोले उनको बोलि पनि स्पष्ट छैन । उनी शारिरीक रुपमा पनि एकदमै कमजोर छन् । उनलाइृ कक्षा १ मा दुर्गा देवि मा.वि, पुलियामा भर्ना गरिएको थियो तर उनलाई शारिरीक कमजोरीका कारणले गर्दा पहाडको ३० मिनेटको बाटो हिँड्न धौ धौ पर्दथ्यो । विधालयमा पनि अन्य बालबालिकाहरुले जिस्काउने र उनी अरु बालबालिका सरह सिक्न नसक्ने हुँदा उनले विधालय जान छोडे । “ लखनाउमा २ वर्षको हुँदा उसको अपरेशन गरेको हो । मेरो छोराको मुटु सानो भएकोले डाक्टरले धेरै बाँच्दैनन भनेका छन्” गहभरि आँसु राख्दै भन्दछन्, धनसिँह बुढा ,विरका बुवा । धनसिँह बुढा र उनकी श्रिमति गुराँस गाउँपालिकामा बसोबास गर्दे आएका साना किसान हुन । उनका विर सहित ३ जना सन्तान छन् । खेतिकिसानी तथा सिजन नभएको बेला भारतमा गरेको ज्याला मजदुरी नै यस परिवारको मुख्य आयस्रोत हो ।
धनसिँहलाई विरको पहिला धेरै चिन्ता लाग्ने गरेको र विरलाई लिएर उनले सबै आश मारिसकेको उनले बताए । तर अहिलेको समयमा विरमा आएको परिवर्तन साँच्चै नै सराहनिय छ । यसले साँच्चै नै विरजस्तै अन्य बालबालिकालाई ठूलो प्रेरण मिल्न सक्दछ । विरले अहिले कक्षा २ को अन्तिम परीक्षा तृतिय श्रेणीमा उक्तिर्ण गरेका छैन । तर उनी विधालय भने जाँदैनन । उनी अहिले सामाजिक सेवा केन्द र सोसेक नेपाल दैलेखको साझेदारीमा संचालित सहयात्रा दोस्रो परियोजना अन्र्तगतको घरमै विधालय कार्यक्रम अन्र्तग सहजकर्ताको सहयोगमा घरमै अध्ध्यन गरेका छन् । यस अन्र्तगत उनी सन २०१९ देखि घरमै अध्ययन गर्दे आएका हुन् । अपाङ्गता भएका बालिबालिकाहरु जो विधालयसम्म पुग्न सक्दैनन उनीहरुको आधारभुत शिक्षामा पहुँच अभिवृद्धिका लागि परियोजना अन्र्तगत यो कार्यक्रम संचालन गरिएको हो । यसमा एक जना बहुअपाङ्गता भएका बालक अथवा बालिकालाई घरमै तािलम प्राप्त एक शिक्षकले विभिन्न सिकाई तथा खेल सामाग्री प्रयोग बालबालिकाहरुलाई सिकाउने पढाउने गर्दछन्। यो कक्षा शनिबार र संस्थाले दिएको अन्य सार्वजनिक विदाको दिन बाहेक, दैनिक ४ घण्टा संचालन हुने गर्दछ विरजस्तै अन्य ४ जना बहुअपाङ्गता भएका बालबालिकाहरु पनि यस्तै कक्षा अन्र्तग घरमै बसेर अध्ध्यन गरिरहेका छन् । यस कक्षमा सहजकर्ताले बालबालिकाको सिकाई मात्र नभएर, उनीहरुको सकारात्मक बानि व्यवाहारको विकास गर्न पनि मदत गर्दछन् । विर जो नचिनेको मान्छेसँग कुरा गर्देनथे, चिडचिडापन देखाउँथे, अहिले उनलाई भेट्न आउने जो कोहिलाई पनि मुस्कानका साथ नमस्कार गर्ने गर्दछन् । उनी आफनो सरसफाई प्रति ध्यान दिने गर्दछन् र सफा कपडा लगाउन मन पराउँछन् । “ मेरो शिक्षकले म हराउन सक्छु भनेर मलाई घरको ठेगाना र बुवाको मोबाइल नम्बर पनि याद गर्न सिकाएका छन् “ मन्द मुस्कानका साथ विर भन्छन् । २ कक्षा पास भएर ३ कक्षामा जान पाउँदा विर अत्यन्तै खुसी छन् ।
सुरुसुरुमा विर कक्षामा बस्न मान्दैन थिए । कक्षाका सहजकर्तालाई चिर्थाेने, गाली गर्ने, रुने कराउने गर्देथे । कक्षाका सहजकर्ता दु«पता खत्री भनिछन् “मलाई अहिले पनि याद छ त्यो सुरुको दिन मैले सायद विरलाई सिकाउन सक्दिन कि जस्तो लागेको थियो तर अहिले उनी कक्षामा एकदमै रमाउँछन् । मेरो लागि यो कुनै सफलता भन्दा कम होइन”। विर विहानको ८ वजेदेखि ११ बजेसम्म कक्षामा पढ्ने गर्दछन् । उनको कक्षाको समिक्षा मासिक रुपमा उनको विधालय र वडामा हुने गर्दछ । वडाका जनप्रतिनिधिहरु, वडा बाल अधिकार समितिका सदस्यहरु त्था सहयात्रा परियोजनाका सहयात्रीहरु पनि अनुगमनमा आई कक्षालाई अझ बढि प्रभाविकारी बनाउन निरन्तर लागिरहेका छन् ।