सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका र संवेदनशिल भै बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा दैलेख, कालिकोट, अछाम र सुर्खेत जिल्लामा महिला, बालबालिका, लोपोन्मूख राउटे तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकाशको अवधारणमा काम गर्दै आएको संस्था हो । साथै संस्थाले महिला तथा बालबालिकाको संरक्षण÷सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेको छ ।
हेल्भेटास नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा यस सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखद्धारा संचालित एकीकृत जलश्रोत व्यवस्थापन कार्यक्रममा रिक्त प्राविधिक निरिक्षक पदका लागि मिति २०७८ मंसिर १४ गते देखि २० गते सम्म ७ दिनको म्याद राखी खुला विज्ञापन गरिएकोमा तोकिएको अवधिमा पर्न आएको आवेदकहरुको बायोडाटा मूल्यांकनबाट आएको अंक भार अनुसार तलकाे लिंक अनुसार यो छाटो सूचि प्रकाशन गरिएको छ ।
लिखित तथा अन्तर्वार्ता परिक्षा मिति २०७८ मंसिर २९ गते बिहान १०ः०० बजे संस्थाको केन्द्रीय कार्यालयमा हुने भएकोले सो परिक्षामा सामेल हुन आउंदा आफ्ना सक्कल प्रमाण पत्रहरुसाथ उपस्थित हुन जानकारी गराईन्छ ।