प्रशासन तथा लेखा संयोजकको पदपूर्ति प्रक्रिया स्थगन गरिएको सूचना

सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका र संवेदनशिल भै बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा दैलेख, कालिकोट, अछाम र सुर्खेत जिल्लामा महिला, बालबालिका, लोपोन्मूख राउटे तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकाशको अवधारणमा काम गर्दै आएको संस्था हो । संस्थाले महिला तथा बालबालिकाको संरक्षण÷सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेको छ ।

सेभ द चिल्ड्रेन र यस संस्थाको साझेदारीमा संचालित सहयात्रा दोस्रो परियोजना अन्तर्गत रिक्त हुने प्रशासन तथा लेखा संयोजक पदका लागि मिति २०७९।०३।१० गते प्रकाशन गरिएको खुला विज्ञापन तथा समय अवधि भित्र पर्न आएको वायोडाटा मूल्यांकनको आधारमा मिति २०७९।०३।१७ गते प्रकासित छोटोमा परेका उम्मेदवारको मिति २०७९।०३।२१ गते लिइएको लिखित तथा अन्तर्वार्ता परिक्षामा समावेश हुनु भएका आवेदकहरुको नतिजा हेर्दा कोही पनि आवेदक उक्त पदको लागि उपयुक्त नदेखिएकोले तत्कालका लागि पदपूर्ति समितिको मिति २०७९।०३।२२ को निर्णय अनुसार उक्त प्रक्रिया स्थगन गरिएकोले सूचना प्रकाशन गरिएको छ । संस्थाको कर्मचारी प्रशासन नियमावली २०७९ अनुसार अर्को प्रक्रियामा प्रशासन तथा लेखा संयोजक पदमा छनौट गरिने कुरा सवैको जानकारीको लागि यो सुचना प्रकासित गरिएको छ ।

 

संयोजक
पदपूर्ति समिति
सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल

 

Next Post

Sahakarya Project Final Base Line report

२३ असार २०७९, बिहीबार ०३:३९

Download & Publications