Vacancy Announcement SOSEC_IWRMP

Vacancy Announcement SOSEC_IWRMP

(प्रथम पटक सूचना प्रकाशित मिति : २०७९÷०५÷०७)

सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका र संवेदनशिल भै बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा दैलेख, कालिकोट, अछाम र सुर्खेत जिल्लामा महिला, बालबालिका, लोपोन्मूख राउटे तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकाशको अवधारणमा काम गर्दै आएको संस्था हो । साथै संस्थाले महिला तथा बालबालिकाको संरक्षण÷सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेको छ ।

हेल्भेटास नेपालको आर्थिक सहयोगमा सोसेक नेपालले दैलेख जिल्लाका दुल्लु नगरपालिका, महाबु, डुंगेश्वर र गुरांस गाउंपालिकाहरुमा एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रम कार्यान्वयनमा आवश्यक सामाजिक तथा प्राविधिक सहयोग गरिरहेको छ । यस कार्यक्रमले आफ्नो कार्यक्षेत्र भएका पालिकाहरुमा जलश्रोतको पहिचान गरी तिनको समुचित उपयोगका लागि जलउपयोग गुरुयोजना तथा खानेपानी सरसफाइ स्वच्छता योजना तर्जुमा गर्न स्थानीय तहलाइ सहजिकरण गर्ने, प्राथमिकतामा परेका केहि खानेपानी सरसफाइ तथा बहुउपयोग योजनाहरुको निमार्णमा सहयोग गर्ने, सरसफाइ र स्वच्छता प्रर्वदनमा समुदाय परिचालन गर्ने  तथा स्थानीय समुदाय एवं संघ संस्थाहरुको क्षमता विकासमा सहजिकरण गर्ने कार्य गरिरहेको छ । हाल सो कार्यक्रम कार्यान्वयनका लागि सामाजिक सेवा केन्द्र (सोसेक)नेपाल संस्थालाई तपसिल बमोजिमका कर्मचारीहरुको आवश्यकता भएकोले तलकाे लिंक अनुसार योग्यता पुगेका नेपाली नागरिकहरुबाट दरखास्त आव्हान गरिएको छ

Vacancy Announcement SOSEC_IWRMP

Next Post

Executive Board 2078.05.11

७ भाद्र २०७९, मंगलवार १०:११
Executive Board

Download & Publications