प्राविधिक सहजकर्ता र सामाजिक सहजकर्ताको छोटो सूचि प्रकाशित र परिक्षा मिती

(नतिजा प्रकाशित मितिः २०७९ भाद्र १८ गते)

सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका र संवेदनशिल भै बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा दैलेख, कालिकोट, अछाम र सुर्खेत जिल्लामा महिला, बालबालिका, लोपोन्मूख राउटे तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकाशको अवधारणमा काम गर्दै आएको संस्था हो । साथै संस्थाले महिला तथा बालबालिकाको संरक्षण÷सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेको छ ।
हेल्भेटास नेपालको आर्थिक सहयोगमा यस सामाजिक सेवा केन्द्र (सोसेक) नेपालद्धारा संचालित एकीकृत जलश्रोत व्यवस्थापन कार्यक्रममा रिक्त (क) प्राविधिक सहजकर्ता र (ख) सामाजिक सहजकर्ता पदका लागि मिति २०७९ भाद्र ७ गते देखि १५ गतेसम्म ९ दिनको म्याद राखी खुला विज्ञापन गरिएकोमा तोकिएको अवधिमा पर्न आएको आवेदनहरुको बायोडाटा मूल्यांकनका आधारमा तलको लिंक बमोजिम छोटो सूचि प्रकाशन गरिएको छ ।

Final Short List Letter SOSEC_IWRMP

लिखित परिक्षा ः मिति २०७९ साल भाद्र २४ गते शुक्रवार  संस्थाको केन्द्रीय कार्यालय, दैलेख
समयः बिहान ११ः०० बजे
परिक्षामा समावेश हुन आउंदा आवेदकहरुलाई आफ्नो सक्कल प्रमाण पत्रहरुसाथ लिइ परिक्षामा सहभागि हुन जानकारी गराईन्छ ।

पहिले २०७९ भाद्र २६ गते भनेकाेमा सच्याएर भाद्र २४ गरिएकाे हाे ।

Next Post

Download & Publications