प्रशासन तथा लेखा संयाेजककाे छाेटाे सुची प्रकाशनको सूचना

नतिजा प्रकाशित मिति २०७९ मङ्सिर २६ गते

 सोसेक नेपाल महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका र संवेदनशिल भै बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा दैलेख, कालिकोट, अछाम र सुर्खेत जिल्लामा महिला, बालबालिका, लोपोन्मूख राउटे तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकाशको अवधारणमा काम गर्दै आएको संस्था हो । साथै संस्थाले महिला तथा बालबालिकाको संरक्षण÷सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेको छ ।

सेभ द चिल्ड्रेन र यस संस्थाको साझेदारीमा सञ्चालित सहयात्रा दोस्रो परियोजना अन्तर्गत प्रशासन तथा लेखा संयोजक पदको लागि मिति २०७९ साल मङ्सिर १५गते देखि ७ दिनको म्याद राखी गरिएको खुला विज्ञापन सूचना अनुसार तोकिएको समय अवधिमा पर्न आएको आवेदन अनुसार बायोडाटा मूल्यांकनका आधारमा तलकाे लिंक बमोजिम छोटो सूचि प्रकाशन गरिएको छ ।

SOSEC Nepal AFC shortlist publication Notice

लिखित परिक्षा: मिति २०७९ साल पौष ३ गते आइतबार संस्थाको केन्द्रीय कार्यालय, दैलेख

समयः बिहान ११:०० बजे

परिक्षामा समावेश हुन आउंदा आवेदकहरुलाई आफ्नो सक्कल प्रमाण पत्रहरुसाथ लिइ परिक्षामा सहभागि हुन जानकारी गराईन्छ ।

संयोजक

पदपूर्ति समिति

सोसेक  नेपाल

Next Post

Green Job परियाेजनाकाे अन्तिम नतिजा प्रकासन

२७ मंसिर २०७९, मंगलवार ०१:४९

Download & Publications