सुबर्ण अबसर !! सुबर्ण अबसर !! सुबर्ण अबसर !!
हरित व्यवसायमा आधारित उद्यम गर्न चाहने युवाहरुको लागि सुर्बण अबसर !!
(प्रथम पटक सूचना प्रकाशित मिति २०७९/०९/२९ गते)
सेभ द चिल्ड्रेन र सोसेक नेपालको साझेदारी तथा गुराँस गाउँपालिकाको समन्वयमा दैलेख जिल्लाको गुरांस गाउंपालिका १, २ र ३ मा सन्चालित ग्रिन जब (Green Job) परियोजना अन्तर्गत गुरांस गाउंपालिका वडा नं. १, २ र ३ मा स्थाई घर भई सोहि स्थानमा हरित व्यवसायमा आधारित उद्यम गर्न चाहने १६ देखि ४० बर्ष उमेर समूहका इच्छुक युवाहरुले गुरांस गाउंपालिका रानीमता दैलेख, गुराँस गापा वडा कार्यालय १, २ र ३ तथा सोसेक नेपाल गुराँस सम्मर्रक कार्यलयमा यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र आबेदन फारम र आबश्यक कागजात सहित व्यवसाय सञ्चालन इच्छा पत्र पेश गर्न यो सूचना प्रकाशन गरिएको छ ।
व्यवसायी छनोटका मापदण्डहरुः
- गुराँस गाउँपालिका वडा नं १, २ र ३ का १६ देखि ४० बर्ष उमेर समूहका युवा, स्थानीय बासिन्दा साथै सोहि स्थानमा व्यबसाय गर्न इच्छुक हुनुपर्ने ।
- बैदेशिक रोजगारीबाट फर्केर बसेका, जोखिममा परेका वा पर्न सक्ने युवाहरु तथा पढाई छाडेर बसेका युवा हुनुपर्ने ।
- पारिवारीक आय बार्षिक १ लाख ८० हजारभन्दा कम भएको साथै हरित व्यबसाय सञ्चालन गर्न पर्याप्त जग्गा जमिन, स्थान, मानबिय श्रोत भएको हुनुपर्ने ।
- बिपन्न तथा सामाजिक रुपमा पछाडि पारिएका तर व्याबसायिक हरित उद्यमी बन्न इच्छुक भएको हुनुपर्ने ।
- व्यबसायिक हरित उद्यमी बन्न इच्छुक भएका साथै घरपरिवारका सदस्यहरुबाट समेत सहयोग तथा मन्जुरी हुनुपर्ने ।
- नेपालको प्रचलित कानुले नागरिकताको लागि योग्य ठहरिएको साथै नेपाली नागरिकता भएको युवा हुनुपर्ने ।
- स्थानीय हावापानी सुहाउंदो, जलवायुमैत्री, धेरै आम्दानी दिने खालका व्याबसाय गर्न ईच्छुक भएको हुनुपर्ने ।
- पर्यावरणमैत्री स्थानीय बन पैदावार, प्राङ्गगारिक कृषिमा आधारित, स्थानिय बजारमा सहज पहुंच हुनेखालका व्याबसाय तथा उद्यम गर्न इच्छुक भएको हुनुपर्ने ।
- बैंकिङ्ग कसुरमा कुनै बित्तीय सँस्थाको कालो सुचिमा नपरेको हुनुपर्ने ।
- अन्य कुनै निकाय तथा श्रोतबाट हरित उद्यम व्यबसाय संचालन सहयोग प्राप्त नगरेको हुनु पर्ने ।
- कोभिड १९ का कारण रोजगार गुमाएका तथा लैङ्गगिक हिंसामा परेका र अपाङ्गता भएका युवाहरु हुनुपर्ने ।
- हरित व्यवसायमा कम्तिमा २० प्रतिशत स्वयम लगानी गर्न इच्छुक भएको हुनुपर्ने ।
- सम्बन्धित वडा कार्यलयबाट सिफारिस भई आएको हुनुपर्ने ।
सम्भावित व्यबसायका प्रकारहरु:
- प्राङ्गारिक मौसमी तथा बेमौसमी तरकारी खेति व्यवसाय
- बाँसजन्य हस्तकलामा आधारित व्यबसाय (मुढा, डोको, सजावटका सामाग्रीहरु, कुचो).
- बहुउद्देश्यीय नर्सरी व्यबसाय
- गडयौले मल उत्पादन व्यवसाय
- औषधिय र सुगन्धित जडिबुटी उत्पादन व्यबसाय (ओखर खेति, टिमुर खेति, सिस्नु प्रसोधन आदी)
- वायो ब्रिकेट तथा इन्टरलक ईटा उत्पादन व्यवसाय
- प्लास्टिकजन्य बस्तुको प्रशोधन तथा पुन प्रयोग सामाग्री उत्पादन व्यबसाय
- नबिनतम सोच सहित हरित व्यवसाय गर्न ईच्छुक भएको (व्यक्ति तथा समूहमा समेत व्यवसाय गर्न इच्छुक भएको)
नोटः
- उपरोक्त व्यवसाय सञ्चालन छनौटका लागि दलित, महिला, अपांगता, यौनिक अल्पसंख्यकलाई विशेष ग्राहयता दिइनेछ ।
- आबेदन फारम पाईने स्थान: सम्बन्धित वडा कार्यालय, सोसेक फिल्ड कार्यालय, रानिमत्ता तथा सोसेक केन्द्रीय कार्यालय, दैलेख बजार
थप जानकारीका लागि,
फोन नम्बर; ०८९ ४१०१८७
मोबाइल नम्बर: वसन्त श्रेष्ठ ९८५८०५०५९४ र आसिस खत्रि ९८४२८९१३५१,
वा,
सोसेक नेपालको केन्द्रीय कार्यालय, दैलेख बजार तथा
सोसेकको फिल्ड कार्यालय, रानिमत्ता दैलेख
आवेदन फारम यसवाट डाउनलाेड गर्नु हाेला । हरित व्यवसायमा आधारित उद्यम गर्न चाहने युवाहरुको लागि निबेदन
गुराँस गाउँपालिकावाट प्रकासित सुचना Notice GRM Youth Selection