(नतिजा प्रकाशित मिति २०७९ चैत्र १५ गते)
सोसेक नेपाल महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका र संवेदनशिल भै बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा दैलेख, कालिकोट, अछाम र सुर्खेत जिल्लामा महिला, बालबालिका, लोपोन्मूख राउटे तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकाशको अवधारणमा काम गर्दै आएको संस्था हो । साथै संस्थाले महिला तथा बालबालिकाको संरक्षण÷सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेको छ ।
सेभ द चिल्ड्रेन र यस संस्थाको साझेदारीमा सञ्चालित सहयात्रा दोस्रो परियोजना अन्तर्गत डकुमेन्टेशन तथा रिपोर्टिंग संयोजक पदको लागि मिति २०७९ साल चैत्र ७ गते देखि ७ दिनको म्याद राखी गरिएको खुला विज्ञापन सूचना अनुसार तोकिएको समय
अवधिमा पर्न आएको आवेदन अनुसार बायोडाटा मूल्यांकनका आधारमा तपसिल लिक बमोजिम छोटो सूचि प्रकाशन गरिएको छ ।
SOSEC Nepal Sahayatra DRC shortlist notice publication
नोटः
लिखित परिक्षा: मिति २०७९ साल चैत्र १९ गते आइतबार संस्थाको केन्द्रीय कार्यालय, दैलेख
समयः बिहान ११:०० बजे
परिक्षामा समावेश हुन आउंदा आवेदकहरुलाई आफ्नो सक्कल प्रमाण पत्रहरुसाथ परिक्षामा सहभागि हुन जानकारी गराईन्छ ।
संयोजक
पदपूर्ति समिति
सोसेक नेपाल