घरभाडा आवस्यक्ता सम्वन्धि साेसेक नेपालकाे सुचना

प्रथम पटक प्रकाशित सुचना मिति २०८० साल कार्तिक महिनाको ३ गते

 सोसेक नेपाल महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका र संवेदनशिल भै विभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा कार्णाली प्रदेशका दैलेख, कालिकोट र सुर्खेत र सुदुरपश्चिम प्रदेशका अछाम जिल्लामा महिला, बालबालिका, लोपोन्मुख राउटे तथा पछाडी परिएका समुदायका लागी एकिकृत विकासको अवधारणमा काम गर्दै आएको संस्था हो । सस्थाले महिला तथा बालबालिकाको संरक्षण र सुरक्षा र भ्रष्टचार विरुद्ध शून्य सहनशिलताको नितिलाई अवलम्बन गर्दै आईरहेकोछ ।

यस संस्थाको खरिद समितिको मिति २०८० साल कार्तिक महिनाको १ गतेको निर्णयानुसार यस संस्थाका लागि दैलेख बजारमा ५ वटा कोठा भएको घर भाडामा आवश्यक परेकाले ईच्छुक घरधनिहरुले १५ दिन भित्र संस्थामा आवश्यक कागजात र दरभाउ सहित निवेदन पेश गर्नका लागी यो सुचना प्रशारण गरिएकोछ ।

आवश्यक कागजात

  • लालपुर्जाको प्रमाण पत्रको प्रतिलिपी
  • नक्शापास प्रमाण पत्रको प्रतिलिपी
  • कर तिरेको प्रमाण पत्रको प्रतिलिपी
  • नागरिताको प्रमाण पत्रको प्रतिलिपी

दरभाउ पेश गर्दा पालाना गर्नुपर्ने शर्तहरुः

  1. खाममा पेश गर्नु पर्ने छ ।
  2. बत्ति, पानी,पार्किङ्ग, शौचालय, गार्डेन सुविधा भएको हुनुपर्ने छ र ३ वटा कोठा कम्तिमा १०÷१२ फिट भएको र २ वटा कोठा ६÷८ फिट सम्मका भएका हुनु पर्नेछ ।
  3. खोल्ने समयमा घरधनि अथवा प्रतिनिधि उपस्थीत हुनु पर्नेछ । यदि उपस्थीत नभएमा पनि दरभाउ खोल्न वाधा हुने  छैन ।
  4. आवश्यक पर्ने कागजात नभएमा त्यसको कुनै पनि मूल्याकन गरिने छैन ।
  5. केरमेटे, दरभाउको मुल्याकन गरिने छैन ।
  6. अन्य यस संस्थाको खरिद नियमावलीनुसार हुने छ ।
  • दरभाउ पत्र पठाउने अन्तिम मिति र ठेगानाः दरभाउ संस्थाको कार्यालय ना.न.पा १ दैलेख जिल्ला अदालत नजिक
  • दरभाउ पत्र पठाउनु पर्ने अन्तिम मिति र समयः २०८० साल कार्तिक १७ गते कार्यालय समयमा दरभाउ कार्तिक १८ गते २०८० विहान ८ बजे खोलिने छ ।
  • दरभाउ पत्र पूर्ण वा आंशिक रुपले स्वीकृत गर्ने वा रद्द गर्ने अधिकार यस संस्थालाई निहित रहनेछ ।

 

कविराज रिजाल

सयोजक खरिद समिती

सोसेक, नेपाल

Next Post

SOSEC Nepal PCESP & IQE Field Officer-Protection Vacancy Announcement

१३ कार्तिक २०८०, सोमबार ०७:३२
Date of Publication:  October 31, 2023 2nd time)

Download & Publications