सुचना प्रकासित मिति २०८० कार्तिक १५ गते |
सोसेक नेपाल र वर्ड भिजन इन्टरनेशनल नेपालको साझेदारी तथा भगवतीमाई गाउँ पालिकाको समन्वयमा सञ्चालित बाल प्रायोजन, संरक्षण तथा समावेशी गुणस्तरीय शिक्षा परियोजनाद्वारा भगवतीमाई गापाका विभिन्न स्थानमा सञ्चालित पढाइ शिविरको अनुगमन तथा सुपरीवेक्षणको लागि ४ जना अगुवा पढाइ शिविर सहजकर्ता आवश्यकता भएकोले हाल भगवतीमाइ गाउँपालिकामा सञ्चालित पढाइ शिविरमा कार्यरत उम्मेदारहरु मध्येबाट इच्छुक उम्मेदारहरूले तपसिलबमोजिम दर्खास्त मिति २०८० कार्तिक २१ गते भित्र पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।
तपसिलः
- उमेर १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको ।
- भगवतीमाई गापाका विभिन्न स्थानमा सञ्चालित पढाइ शिविरमा उत्कृष्ट कार्यसम्पादन गरेको।
- भगवतीमाई गापाभित्र स्थाथी बसोबास गर्ने र स्वयंसेवी भावनाले काम गर्न इच्छुक रहेको ।
- साधारण प्रतिवेदन लेखन तथा बैठकको अभिलेखीकरण गर्न सक्ने ।
- सञ्चार तथा सहजीकरण सम्बन्धि ज्ञान, सिप भएको ।
- समुदाय स्तरमा घुलमिल भई बालमैत्री तरीकाले काम गर्न मन पराउने ।
- इमानदार, मिलनसार, पारदर्शी तथा तोकिएको जिम्मेवारी पुरा गर्न सक्ने ।
- स्थानीय ब्यक्ति, समुदाय, तथा तिनीहरुको भाषा, संस्कृतिको सम्मान गर्ने ।
छनौटका प्रकृयाहरु
- भगवतीमार्इ गाउँपालिकामा सञ्चालित पढाइ शिविरमा सहजकर्ताकोरुपमा काम गरीसकेका र उत्कृष्ट कार्यसम्पादन गरेका उम्मेदारहरू निवेदकहरूबिच मौखिक परीक्षा गरी छनौट गरिनेछ ।
- इच्छुक ब्यक्तिले मापदण्ड अनुरुपको आवेदनसूचना प्रकाशित भएको मितिले ७ दिनभित्र सोसेक नेपालमा बुझाएका आवेदनहरुलाई छनौट प्रक्रियामा समावेश गराइने छ ।
- प्राप्त निवेदनको अध्ययन गरी संख्या र मापदण्डको आधारमा लिंग, जातजाति, भूगोल, अपांगता आदिको प्रतिनीधित्व समेतलाई हेरी सम्भावित स्वयंसेवकको छोटोसूची तयार गर्ने ।
- छोटोसूचीको आधारमा लिखित तथा मौखिक परीक्षा गरी स्वयंसेवक छनौट गर्ने ।
- छनौटमा परेका स्वयंसेवकहरुलाई आधारभूत अभिमुखीकरण गरी बालसंरक्षण नीति तथा स्व–घोषित पत्रमा हस्ताक्षर गराई स्वयंसेवकको जिम्मेवारी दिने ।
आवश्यक सक्षमताः
- पढाई शिविरबारे स्पष्ट बुझाई वा धारणा भएको हुनुपर्नेछ ।
- पढाई शिविर संचालन गर्दा कति अपनाउनु पर्ने चरणहरुबारे जानकारी भएको हुनुपर्नेछ।
- कथा बाचनका चरणहरु, खेल्दै सिक्दै र गीतसंग सिकाइका तरिकाबारे जानकार हुनुपर्नेछ ।
- छापासम्पन्न कक्षा व्यवस्थापन, बनाउने लैजाने र घरमा पढाइ कुनाबारे जानकारी भएको हुनुपर्नेछ।
- अनुगमनका अधारभूत सिप भएको र पढाई शिविर अनुगमनका तत्वहरूबारे जानकार हुनुपर्नेछ ।
- पढाइ शिविरलाई मापदण्ड अनुसार सञ्चालन गर्न गराउन मूख्य भुमिका निर्वाह गर्न सक्ने ।
- सकारात्मक अभिभावकत्व र सकारात्मक अनुसाशन आवश्यकता र महत्व बुझेको ।
- प्रत्येक शनिबार कम्तीमा ३ वटा पढाइ शिविरको अनुगमन गर्न समय ब्यवस्थापन गर्नसक्ने ।
निवेदन वुझाउने ठाउँ
सोसेक नेपाल केन्द्रिय अफिस दैलेख वजार
वा
फिल्ड अधिकृत शिक्षा सोसेक नेपाल भगवतविमाइ गाउँपालिका