चामुण्डा विन्द्रासैनी नपा वडा ६ जम्वुकाँध र गुराँस गाउँपालिका वडा न‌ ४ गुराँसे घरभाडा आवस्यक्ता सम्वन्धि सोसेक नेपालको सुचना .

 

प्रथम पटक प्रकाशित सुचना मिति २०८० साल चैञ महिनाको ३ गते

सोसेक नेपालले महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकता र संवेदनशिल भै विभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा कार्णाली प्रदेशका दैलेख, कालिकोट, सुर्खेत, जुम्ला, जाजरकोट, रुकुम पश्चिम र सुदुरपश्चिम प्रदेशका अछाम जिल्लामा महिला बालबालिका लोपोन्मुख राउटे तथा पछाडी परिएका समुदायका लागी एकिकृत विकासको अवधारणमा काम गर्दै आएको संस्था हो । सस्थाले महिला तथा बालबालिकाको संरक्षण, सुरक्षा र भ्रष्टचार विरुद्ध शून्य सहनशिलताको नितिलाई अवलम्बन गर्दै आईरहेकोछ ।

यस संस्थाको निर्णयानुसार यस संस्थाका लागि दैलेख जिल्लाको चामुण्डा बिन्द्रसैनी नगरपालिका वार्ड नम्बर ६ जम्भुकधमा ८ वटा कोठा र ३० जना सम्म अटाउन सक्ने हल भएको घर तथा गुराँस गाउँपालिका वडा न ४ गुराँसे स्थित ४ कोठा भएको घर भाडामा आवश्यक परेकाले ईच्छुक घरधनीहरुले सूचना प्रकाशित भयको मितिले ७ दिन अर्थात मिति २०८० चैत्र ९ गते भित्र संस्थामा आवश्यक कागजात र दरभाउ सहित निवेदन पेश गर्नका लागी यो सुचना प्रकाशित गरिएकोछ ।

आवश्यक कागजात:

  • लालपुर्जाको प्रमाण पत्रको प्रतिलिपी र नक्शापास प्रमाण पत्रको प्रतिलिपी ।
  • कर तिरेको प्रमाण पत्रको प्रतिलिपी र घरधनीको नागरिताको प्रमाण पत्रको प्रतिलिपी ।
  • घरधनी को पाना नम्बर ।

 दरभाउ पेश गर्दा पालाना गर्नुपर्ने शर्तहरुः

  1. दरभाउ पत्र सिलबन्दी पेश गर्नु पर्ने छ ।
  2. चाविमा बत्तिपानी, पार्किङ्गशौचालय सुविधा भएको हुनुपर्ने छ र १ वटा हल सहित ८ वटा कोठा कम्तिमा भएको हुनु पर्नेछ ।
  3. गुराँसमा बत्तिपानी, पार्किङ्गशौचालय सुविधा भएको हुनुपर्ने छ र ४ वटा कोठा कम्तिमा भएको हुनु पर्नेछ ।
  4. खोल्ने समयमा घरधनि अथवा प्रतिनिधि उपस्थीत हुनु पर्नेछ । यदि उपस्थीत नभएमा पनि दरभाउ खोल्न वाधा हुने छैन ।
  5. आवश्यक पर्ने कागजात नभएमा त्यसको कुनै पनि मूल्याकन गरिने छैन ।
  6. केरमेटेदरभाउको मुल्याकन गरिने छैन ।
  7. अन्य यस संस्थाको खरिद नियमावलीनुसार हुने छ ।

दरभाउ पत्र पठाउने अन्तिम मिति र ठेगानाः दरभाउ संस्थाको कार्यालय ना.न.पा १, दैलेख जिल्ला अदालत नजिक

दरभाउ पत्र पठाउनु पर्ने अन्तिम मिति र समयः २०८० साल चैत्र ७ गते कार्यालय समयमा ।

दरभाउ मिनि २०८० चैत्र १० गते विहान १० बजे खोलिने छ ।

दरभाउ पत्र पूर्ण वा आंशिक रुपले स्वीकृत गर्ने वा रद्द गर्ने अधिकार यस संस्थालाई निहित रहनेछ ।

थप जानकारीको लागि

सोसेक, नेपाल दैलेख ०८९४१००९६।०८९४१०१८७ वा मोवाइल न ९८४३२००९३९

Next Post

Download & Publications