सुरक्षा र न्याय कार्यक्रम Security and Justice Programme भेरीग‌गा नगरपालिकामा सहभागिताको लागि आह्वान

साझेदार संस्थाको परिचय
सोसेक नेपाल, नेपालको ग्रामीण समुदायमा बसोबास गर्ने पिछडिएका तथा पछाडि पारिएका जनताको सामाजिक आर्थिक तथा सांस्कृतिक अवस्थाको वृहत्तर सुधारका लागि मुनाफा रहित सेवा प्रदायक संस्थाको रूपमा २०५४ सालमा स्थापना भएको सामाजिक संस्था हो । संस्थाले कर्णाली प्रदेश लगायत सुदुर पश्चिम तथा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका ग्रामीण समुदायमा बसोबास गर्ने पिछडिएका समुदायको सामाजिक, आर्थिक र सांस्कृतिक स्थितिमा सुधारका लागि विभिन्न निकायको सहकार्य र सहयोगमा विभिन्न परियोजना/कार्यक्रमहरू कार्यान्वयन गर्दै आएको छ । संस्थाले निम्नबमोजिमका विषयबस्तहरूलाई आधार मानी आफ्ना गतिविधिहरूलाई सञ्चालन गर्दै आएको छ : (क) असमानता विरुद्धको पैरवी, (ख) उत्थानशिल जिबिकोपार्जन, (ग) सुरक्षा र जिबन रक्षा, (घ) खानेपानी तथा पोषण, (ङ) समावेशी र जीवन उपयोगी शिक्षा र (च) बाल समृद्धि का क्षेत्रमा काम गर्दै आएको छ । महिला तथा बालबालिकाको संरक्षण/सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेको छ ।
परियोजनाको संक्षिप्त परिचय
बेलायत सरकार (UK International Development) को सहयोगमा पिपुल इन नीड (People in Need) र साझेदार संस्थाहरुद्वारा सञ्चालित सुरक्षा र न्याय कार्यक्रम (Security and Justice Programme) ले सामाजिक मान्यता र अभ्यासहरूमा विश्लेषनात्मक छलफल मार्फत CSOs/CBOs को क्षमता बिकास गर्दै आफुले सिकेका लैङ्गिक हिंसा रोकथाम र न्युनिकरण बारे सिप र ज्ञान आफ्नो समुदायमा प्रसार गर्न सहयोग गर्नेछ । यसैगरी, परियोजनाले लैङ्गिक हिंसा रोकथाम र न्युनिकरण गर्न सम्बन्धित सरोकारवालाहरुको समन्वय बढाउन सहजीकरण गर्छ ।
यो परियोजना मधेश, लुम्बिनी र कर्णाली प्रदेशमा संचालन भइरहेको छ ।
परियोजनाले पहिलो वर्षमा निम्न लक्षित क्षेत्रहरूमा काम गर्नेछ

यो कार्यक्रमकाे लागि डिटेल सुचना तलको लि‌कमा र प्रस्तावना फर्म तलकाे लि‌कवाट डाउन लाेड गरि हेर्न सकिन्छ

Call for participation_GTSN_Nepali_PIN

आवेदन फारम प्रस्तावना फारम_SJP

Next Post

Download & Publications