सूचना प्रकाशित मिति: २०८१/०/०८/०६ गते
सोसेक नेपाल, नेपालको ग्रामीण समुदायमा बसोबास गर्ने पिछडिएका तथा पछाडि पारिएका जनताको सामाजिक आर्थिक तथा सांस्कृतिक अवस्थाको वृहत्तर सुधारका लागि मुनाफा रहित सेवा प्रदायक संस्थाको रूपमा २०५४ सालमा स्थापना भएको सामाजिक संस्था हो । संस्थाले कर्णाली प्रदेश लगायत सुदुर पश्चिम तथा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका ग्रामीण समुदायमा बसोबास गर्ने पिछडिएका समुदायको सामाजिक, आर्थिक र सांस्कृतिक स्थितिमा सुधारकाAssistant लागि विभिन्न निकायको सहकार्य र सहयोगमा विभिन्न परियोजना/कार्यक्रमहरू कार्यान्वयन गर्दै आएको छ । संस्थाले निम्नबमोजिमका विषयबस्तहरूलाई आधार मानी आफ्ना गतिविधिहरूलाई सञ्चालन गर्दै आएको छ : (क) असमानता विरुद्धको वकालत (सामाजिक न्यय), (ख) उत्थानशिल जिबिकोपार्जन, (ग) सुरक्षा र जिबन रक्षा, (घ) खानेपानी स्वास्थ्य तथा पोषण, (ङ) समावेशी र जीवन उपयोगी शिक्षा र (च) बाल समृद्धि का क्षेत्रमा काम गर्दै आएको छ । महिला तथा बालबालिकाको संरक्षण/सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेको छ ।
सोसेक नेपालका लागि तपसिलमा उल्लेखित कर्मचारी आवस्यक भएकोले सलग्न जेडी अनुसार योग्यता पुगेका नेपाली नागरिकवाट व्यक्तिबाट आवेदन पेश गर्नको लागि सूचित गरिन्छ । यो सूचना प्रकाशित मितिले ७ (सात) दिन भित्र संस्थाको the Link https://ee.kobotoolbox.org/x/R7JGP6xj मार्फत वायोडाटा सहितको निबेदन हुन अनुरोध गरिन्छ । डिटेल जव डिस्क्रिसन तथा जानकारी तलकाे लिकवाट डाउनलाेड गरि हेर्न सकिन्छ ।
SOSEC Nepal Staff Vacancy Notice 21 Nov 2024