सोसेक नेपालको विभिन्न पदको लिखित परिक्षाको नतिजा तथा अन्तरवार्ता सम्वन्धि सुचना

सोसेक नेपालको सोसेक नेपालको बिभिन्न परियोजनाका लागि Program Coordinator, HR Officer, Admin and Finance Officer, Program Officer & Field Officer -SRHR पद पुर्तिको लागि लिखित परिक्षा रिजल्ट प्रकाशन तथा अन्तरवार्ता सम्वन्धि सूचना
(नतिजा प्रकाशित मिति २०८१ मंसिर ५ गते)

सोसेक नेपाल, नेपालको ग्रामीण समुदायमा बसोबास गर्ने पिछडिएका तथा पछाडि पारिएका जनताको सामाजिक आर्थिक तथा सांस्कृतिक अवस्थाको वृहत्तर सुधारका लागि मुनाफा रहित सेवा प्रदायक संस्थाको रूपमा २०५४ सालमा स्थापना भएको सामाजिक संस्था हो । संस्थाले कर्णाली प्रदेश लगायत सुदुर पश्चिम तथा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका ग्रामीण समुदायमा बसोबास गर्ने पिछडिएका समुदायको सामाजिक, आर्थिक र सांस्कृतिक स्थितिमा सुधारकाAssistant लागि विभिन्न निकायको सहकार्य र सहयोगमा विभिन्न परियोजना/कार्यक्रमहरू कार्यान्वयन गर्दै आएको छ । संस्थाले निम्नबमोजिमका विषयबस्तहरूलाई आधार मानी आफ्ना गतिविधिहरूलाई सञ्चालन गर्दै आएको छ : (क) असमानता विरुद्धको वकालत (सामाजिक न्यय), (ख) उत्थानशिल जिबिकोपार्जन, (ग) सुरक्षा र जिबन रक्षा, (घ) खानेपानी स्वास्थ्य तथा पोषण, (ङ) समावेशी र जीवन उपयोगी शिक्षा र (च) बाल समृद्धि का क्षेत्रमा काम गर्दै आएको छ । महिला तथा बालबालिकाको संरक्षण/सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेको छ ।

सोसेक नेपालद्धारा संचालित बिभिन्न परियोजनाका लागि १४ कार्तिक २०८१ गते मा खुला बिज्ञापन भए अनुसार २०८१ साल मंसीर १ गते भएको लिखित परिक्षाको मुल्यांकन को आधारमा Program Coordinator, HR Officer, Admin and Finance Officer, Program Officer & Field Officer -SRHR पदका लागि तपशिल बमोजिमका उम्मेदवारहरुलाई अन्तरबार्ता परिक्षाको लागि छोटो सुची प्रकासित र अन्तरबार्ता परिक्षा सम्वन्धि सुचना प्रकासित गरिएको छ । जुन तलकाे लि‌कमा राखीएको छ ।

SOSEC Nepal Staff Exam Result & enterview Notice 22 Nov 2024

Next Post

Download & Publications