व्यवसायको सफलता

दैलेख जिल्लाको पूर्वमा पर्ने सल्लेरी गाविस वडा नं. २ मा पर्दछ यो भलायडांडा वस्ती । यस वस्तीमा ११ घरधुरी दलित, १४ घरधुरी जनजाती र ५५ घरधुरी गैरदलित गरि जम्मा ८० घरधुरी बसोबास गर्दछन् । यस समुदायमा बसोबास गर्ने वासिन्दाहरुको कुनै पनि सेवा र सुविधामा पहुंच पुग्दैन् । जसले गर्दा यस समुदायका सदस्यहरुको जीवनशैली अन्य समुदायको भन्दा भिन्न देखिदैन । गाउंघरमै ज्याला मजदुरी गर्नु, परम्परागत कृषि र पशुपालन गर्नु यस वस्तीका सदस्यहरुको दिनचर्या भएको थियो । गांउघरमा गरिने सामान्य ज्याला मजदुरी र परम्परागत कृषि तथा पशु पालन पेशाले जीवनयापन गर्नु यस वस्तीको सदस्यहरु दैनिकी जस्तै भएको थियो । सामान्य मानवीय जीवनयापन गर्नु यस वस्तीका सदस्यहरुको वाध्यता थियो ।

लोकबहादुर गुरुङ्ग, वर्ष ५१ सल्लेरी गाविस वडा नंं २ भलायडांडाका स्थानीय वासिन्दा हुन् । समुदायका अन्य सदस्यहरुको जस्तै यीनको परिवारको जीवन पनि अभावमा वितिरहेको थियो । उनको परिवारमा ३ जना पुरुष र ५ जना महिला गरी जम्मा ८ जनाको परिवार छ । गरीबी र अशिक्षाले व्याप्त समाज भएकाले उनको परिवार पनि गरीबी र अशिक्षाबाट अछुतो थिएन । थोरै जग्गा र गाउंघरमै गरेको ज्याला मजदुरीको आम्दानीले परिवारलाई मुश्किलले ३ महिना खान पुग्थ्यो ।
गरीबी निवारण कोष, नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक)ले गरीबी निवारण कोष, नेपालका ४ आधारस्तम्भलाई आत्मसाथ गर्दै २०६३ साल बैशाखमा त्यो वस्तीमा गरीबी निवारणका लागि एकीकृत सामुदायिक विकास परियोजना अन्तर्गतका क्रियाकलापहरु संचालन  ग¥यो । परियोजनामा कार्यरत कर्मचारीहरुको सहजीकरणमा वडा स्तरीय र वस्ती स्तरीय कार्यक्रम सम्बन्धि अभिमुखिकरण पश्चात हाम्रो वस्तीमा २६ सदस्यीय सामुदायिक संस्था गठन ग¥यौ । जसको नामाकरण प्रगतिशिल सामुदायिक संस्था गरियो । मासिक बैठक, मासिक वचत संकलन, सामाजिक लेखाजोखा, सामाजिक नक्शांकन, माग संकलन, परियोजना प्रस्तावना तयारी पछि २०६३ साल आषाढ २१ गते गरीबी निवारण कोष, नेपालबाट बैद्यता प्राप्त गरी सामुदायिक संस्थामा आवद्ध सदस्यहरुको सक्रियतामा आयआर्जन क्रियाकलाप संचालनका लागि कोषबाट अनुदान प्राप्त रकम र सामुदायिक संस्थाको स्वलगानीबाट आफ्नो व्यवसाय शुरु ग¥यौ ।
सामुदायिक संस्थाको घुम्तीकोषबाट मिति २०६३ साल आसोज ६ गते माग गरिएको व्यवसाय बाख्रापालनका लागि गुरुङ्गले रु. १६,०००÷ ऋण लिइ ४ वटा बाख्रँ खरिद गरि व्यवसाय संचालन गरिन । सामुदायिक संस्थाको मासिक बैठक, आफ्नो घरधन्दा र बाख्राको हेरचाह नै गुरुङ्गको दैनिकी बन्योे । स्थान सुहाउंदो व्यवसाय र परिश्रमको उपज उनको व्यवसायले  फड्को मार्दै गयो । उक्त व्यवसायबाट वार्षिक रुपमा खसी बोकाको बिक्रिबाट   ४० हजार देखि ५० हजारसम्म आम्दानी हुने गुरुङ्ग  बताउछन् । बाख्रापालनबाट भएको आम्दानी घरायसी प्रयोजना, औषधोपचार र छोराछोरीको शिक्षामा खर्च गर्दै आएका लोकबहादुरले सामुदायिक संस्थाबाट लिएको ऋण रकम भुक्तानी गरीसकेकाछन् भने २०६३ साल आश्विन देखि हालसम्म निरन्तर त्यही व्यवसाय गरीरहेका गुरुङ्गको खोरमा हाल ३ वटा खसी सहित १० वटा बाख्रा रहेका गुरुङ्ग बताउछन् ।
निरन्तर सामुदायिक संस्थाको मासिक बैठकमा वचत संकलन परिचालनका साथै सामाजिक सवालका विविध पक्षमा छलफल हुने भएकाले हामीहरुको चेतनास्तर निकै फराकिलो हुदै गएको उनको भनाई छ ।
उनी भन्छन् “गरीब र हामी जस्ता विपन्न वर्गका लागि यो गरीबी निवारण कार्यक्रम सांच्चिकै बरदान सावित भएको छ । आफूले गर्दै आएको बाख्रापालन व्यवसायलाई अझै राम्रो किसिमले अगाडी बढाउन उन्नत जातको बोका नभएको र कहिलकांही विरामी हुदां तत्काल औषधी उपचार हुन नसकी व्यवसाय घाटामा जानसक्ने भएकाले आफूले सामुदायिक संस्थामा यस विषयमा प्रस्ताव राखेको उनले बताएका छन ।

Next Post

बालदिवश गाउदेखि सदरमुकाम, मनाए बालबालिकाले विभिन्न कार्यक्रम

६ भाद्र २०६९, बुधबार १६:०२
बालदिवश गाउदेखि सदरमुकाम, मनाए बालबालिकाले विभिन्न कार्यक्रम हामि सवैको सरोकार शान्ति संविधान र सुनिस्चित बाल अधिकार,भन्ने मुल नाराका साथमा दैलेखमा बालबालिकाहरुले रयालि सहित विभिन्न कार्यक्रम गरी मनाएकाछन । सदरमुकाम स्थित विभिन्न जिल्ला  सरकारी  र निजि तथा आवासिय विद्यालयका बालबालिकाहरुले प्लेकार्डमा लेखिएका बालअधिकार सम्वन्धि विभिन्न नाराहरु लगाउदै बजार परिक्रमा गरेका थिए […]

Download & Publications