भेरीगंगा नगरपालिका समुह समितीलाइ सहभागिताको लागि आह्वान सम्बन्धी सूचना

सहभागिताको लागि आह्वान सम्बन्धी सूचना

सूचना प्रकाशित मिति: २०८१/१२/२६ गते

सोसेक नेपाल, नेपाल अधिराज्यको ग्रामीण समुदायमा बसोबास गर्ने पिछडिएका तथा पछाडि पारिएका जनताको सामाजिक आर्थिक तथा सांस्कृतिक अवस्थाको वृहत्तर सुधारका लागि मुनाफा रहित सेवा प्रदायक संस्थाको रूपमा २०५४ सालमा स्थापना भएको सामाजिक संस्था हो । संस्थाले कर्णाली प्रदेश लगायत सुदुर पश्चिम तथा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका ग्रामीण समुदायमा बसोबास गर्ने पिछडिएका समुदायको सामाजिक, आर्थिक र सांस्कृतिक स्थितिमा सुधारका लागि विभिन्न निकायको सहकार्य र सहयोगमा विभिन्न परियोजना/कार्यक्रमहरू कार्यान्वयन गर्दै आएको छ । संस्थाले निम्नबमोजिमका विषयबस्तहरूलाई आधार मानी आफ्ना गतिविधिहरूलाई सञ्चालन गर्दै आएको छ : (क) असमानता विरुद्ध वकालत (सामाजिक न्याय), (ख) उत्थानशिल जिबिकोपार्जन,  (ग) सुरक्षा र जिबन रक्षा, (घ) खानेपानी सरसफाइ तथा पोषण, (ङ) जिवन उपयोगी र समावेशी शिक्षा र (च) बाल समृद्धि । सोसेक नेपाल महिला तथा बालबालिकाको संरक्षण/सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेको छ ।

यसै सन्दर्भमा बेलायत सरकार (UK International Development) को सहयोगमा पिपुल इन नीड (People in Need) र यस सोसेक नेपालद्वारा सञ्चालित सुरक्षा र न्याय कार्यक्रम (Security and Justice Programme) ले सामाजिक मान्यता र अभ्यासहरूमा विश्लेषनात्मक छलफल मार्फत CSOs/CBOs को क्षमता बिकास गर्दै आफुले सिकेका लैङ्गिक हिंसा रोकथाम र न्युनिकरण बारे सिप र ज्ञान आफ्नो समुदायमा प्रसार गर्न सहयोग गर्ने  र लैङ्गिक हिंसा रोकथाम र न्युनिकरण गर्न सम्बन्धित सरोकारवालाहरुको समन्वय बढाउन सहजीकरण गर्ने उद्देश्यले भेरीगंगा नगरपालिकाको ४,६,९,१०,११,१२,१३ वडाहरुमा वडाहरुमा रहेका तथा संस्थाको सहजीकरणमा संचालित लैंगिक रुपान्तरणकारी सामाजिक मूल्यमान्यता सत्र (GTSN Session) मा सहभागी भएका सामुदायिक संस्था, समूह, संजालहरुसंगको साझेदारीमा उप-अनुदान परिचालन मार्फत कार्यक्रम तथा लैंगिक हिंसा निवारण सम्बन्धी क्रियाकलापहरु संचालन गर्नका लागि सामुदायिक संस्था, समूह, संजालहरुबाट सहभागिताको लागि आह्वान सम्बन्धी आबेदन पेश गर्नको लागि यो सूचना प्रकाशित गरिएको छ । यो सूचना प्रकाशित मितिले ९ (नौ) दिन भित्र संस्थाको सुर्खेत कार्यालय बिरेन्द्रनगरमा सामुदायिक संस्था, समूह, संजालको दर्ता तथा नबिकरण प्रमाण पत्र, तथा आबेदन फाराम भरी बुझाउनु हुन अनुरोध गरिन्छ  ।

 

संयोजक

खरिद समिति

सोसेक नेपाल

फोन: ०८९ ४१०१८७/४१००९६/०८३४१४२५५

नोट: आबेदन फारम तथा बिस्तृत जानकारी, सन्दर्भ शर्तहरु सोसेक नेपालको बिरेन्द्रनगर सुर्खेतको कार्यालय तथा संस्थाको वेभसाइट https://sosec.org.np/np/?p=4020 बाट पनि डाउनलोड गर्न सकिन्छ

सोसेक नेपालवाट गरिने सहयोग वा कार्यमा कुनै सिकायत वा गुनासो र सल्लाह सुझाव भएमा निशुल्क टोल फ्रि नम्वर १६६०८९४२००१ नमस्ते प्रयोग कर्ता र ९८०१५७४८८८ एनसेल प्रयोगकर्ताले जिज्ञासा गुनासो वा सल्लाह सुझाव दिनु हुन अनुरोध छ ।

Next Post

Download & Publications