बालदिवश गाउदेखि सदरमुकाम, मनाए बालबालिकाले विभिन्न कार्यक्रम

बालदिवश गाउदेखि सदरमुकाम, मनाए बालबालिकाले विभिन्न कार्यक्रम

हामि सवैको सरोकार शान्ति संविधान र सुनिस्चित बाल अधिकार,भन्ने मुल नाराका साथमा दैलेखमा बालबालिकाहरुले रयालि सहित विभिन्न कार्यक्रम गरी मनाएकाछन । सदरमुकाम स्थित विभिन्न जिल्ला  सरकारी  र निजि तथा आवासिय विद्यालयका बालबालिकाहरुले प्लेकार्डमा लेखिएका बालअधिकार सम्वन्धि विभिन्न नाराहरु लगाउदै बजार परिक्रमा गरेका थिए । बजार बाट आफना हक अधिकारलाइृ सुनिश्चित गर्नको लागि अनुरोध गर्दै आफ्ना आवाजहरुलाई नाराहरुमार्फत अभिव्यत्त गरेका थिए ।रयालि संगै जिल्ला विकास समितिको हलमा प्रवेश गर्दै अनतरक्रियमा कार्यक्रममा सहभागि भएका बालबालिकाहरुले आफ्ना अभिभावक रहेका शासक तथा शासन गर्ने वर्गहरुलाई बालबालिकाका वेथा सुनि संविद्यान छिटो बनाउन तथा बालअधिकार सुनिश्चित गर्न अनुरोध गरेक थिए ।
सरकारी तथा गैर सरकारी निकायहरु  महिला तथा बालबालिका कार्यलय, नारायण नगरपालिका दैलेख, सामाजिक सेवा केन्द्र (सोसेक) दैलेख),आवाज संस्था दैलेख ,सुन्दर नेपाल दैलेख, दलित महिला संघ दैलेखको समन्वय तथा आयोजनामा सञ्चालित कार्यक्रमको सभापतित्व प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले गनुर्् भएको थियो । अन्तरक्रिया कार्यक्रममा विभिन्न जोखिममा परेका बालबालिकाहरुलाई महिला तथा बालकालिका कार्यलयबाट कपडा तथा डे्रस उपलव्ध गराईको थियो भने नेपाल राष्टिय दलित समाज कल्याण सघले आयोजना गरेको जातिय छुवाछुत तथा भेदभाव उन्मुलन सम्वन्धि बनेको ऐन कार्यन्वयनमा बालबालिकाको भुमिका विषमा सम्पन्न कार्यक्रममा प्रतियोगिहरुलाई पुरस्कार प्रमुख जिल्ला अधिकारी तथा विभिन्न अथितिहरुले गर्नु भएको थियो ।
कार्यक्रमले बालबालिकाहरुमा थप हौसला तथा प्रेरेणा दिएको कार्यक्रमका सभापतिले आफ्नो मन्तव्य राख्दै बताउनु भएको थियो । कार्यक्रममा विभिन्न बालअधिकार कर्मि तथा समाज सेविहरु र राजनितिक दलका प्रतिनिधिहरु र विभिन्न सरकारि गैर सरकारि निकायका प्रतिनिहिरुको सहभागिता रहेको  उक्त अन्तरक्रिया कार्यक्रममा बालअधिकारको अवधारणाका साथमा विभिन्न गित तथा कविता हरु समेत बालबालिकाहरुले सुनाएका थिए ।
दैलेख सदरमुकाम नजिक रहेका तिन गा.वि.स. बासि,बडाखोला र विन्दाबासिनि गा.वि.स.मा भने बालदिवश वालबालिकाहरुले फरक फरक तरिकाले मनाएका छन । बासि गा.वि.स.मा बालअधिकार  शिर्षकमा बक्तित्व कला प्रतियोगिता गरी बालबालिकाले बाल दिवश मनाएका छन । गा.वि.स.का ९  वटा बालक्लवका प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न उत्त वक्तित्वकला प्रतियोगितामा बालबालिकाहरुले आफ्ना भावना र विचारलाई समालोचनात्मक विचारहरु अभिव्यत्ति राख्दै बत्तित्वकला प्रतियोगिता सम्पन्न गरेका छन । बत्तित्वकला प्रतियोगितामा प्रगतिशिल बालक्लवका दुर्गा जैसि,माईकाथान वालक्लवका सिता शाहि,परीवर्तनसिल बालक्लवका दिपक बुढा र अधिकारी बालक्लवका गिता जैसि क्रमस प्रथम,द्धितिय,तृतिय र सान्त्वना सहित पुरस्कत भएका छन । बत्तित्वकला प्रतियोगितामा सुन्दर बालक्लवका अध्यक्ष मनोज बुढाले गर्नु भएको थियो भने प्रमुख अथिति मालिका उमावि का प्राचार्य राम बहादुर बुढाले गर्नु भएको थियो  । कार्यक्रमले बालबालिकाहरुमा सकारात्मक सोचको विकास गरी बालअधिकार र महिला अधिकारको बारेमा सचेत बनाएको विचार कार्यक्रमको अन्तमा अथितिहरुले बताएका छन । कार्यक्रमले वर्षातका कारणले कार्यक्रम कोठामा गर्नु पर्ने भएकोले धेरै अभिभावक तथा बालबालिका आउन नसकेको भनि शेर बहादुर थापा वताउनु हुन्छ । उच्च मावि मालिका बाट रयालि सहित सुरुगरेका बालक्लवका सदस्य तथा बालबालिकाहरुले रातामाटा सम्म नारा जुलुस सहित परीक्रमा गरेका थिए ।

 

विन्दाबासिनि गाविस मा भने बालबालिकाहरुले बालदिवश फरक तरिकाले मनाएका छन । ४ वटा वालक्लवका प्रतिनिधिहरुले तयार गरेको सडक नाटक तयार गरी  रैना देवि मावि टाटामाखुको प्रांगणमा प्रदर्शन गरेका छन । बालविवाह अपराध हो भन्ने शिर्षकमा सञ्चालित सडक नाटकमा बालअधिकारका सन्देसहरु दिएको थियो । टिडिएच जर्मनि को सहयोग र दलित जागरण केन्द्र तथा सामाजिक सेवा केन्द्र द्धारा सञ्चालित महिला युवा तथा बालअधिकार कार्यक्रम बाट सहयोग पाई प्रदर्सन गरीएको सडक नाटकले बालविवाहले पार्ने असर तथा यसबाट हुने नोक्सानि र सजग हुनको लागि बालबालिकाहरुलाई सन्देश दिएको थियो । रयालि र प्लेकार्ड सहित टाटामाखु विद्यालय देखि वडा नं ७ को बरपिपल सम्म पुगेका बालबालिकाले बालअधिकार सुनिस्चितताको माग गर्दै नारा लगाउदै रयालि कार्यक्रम गरेका थिए ।  त्यस्तै सोहि विद्यालयका प्राथामिक तहका बालबालिकाहरुले बालगित प्रतियोगिता सम्पन्न गरेका छन  भने उता महिला नेटवर्कले बालदिवशको अवसर पारि तिज गित प्रतियोगिता गरेका छन ।  यस महिला युवा  तथा बालअधिार प्रवधन कार्यक्रमले बालबालिकाहरुमा नया परिवर्तन ल्याउन सफल भएको विचार कार्यक्रममा उपस्थित अथितिहरुले राखेका छन । राजनितिक दल, स्थानिय वुद्धिजिवि, स्वास्थ्य संस्थाका प्रतिनिधि,महिला नेटवर्क ,शिक्षक, युवाक्लवका प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो । करीव ५०० जनाको सहभागिता रहेको थियो भनि बालअधिकार संयोजक अर्जुन शोनीले बताउनु भएको थियो ।
सांस्कृतिक माधुर्यताले परीपक्क उता दैलेखको वडाखोला गा.वि.स.मा  भने बालदिवश रयालि सहित नारा जुलुस गरी बालअधिकारका कुराहरु सांस्कृतिक कार्यक्रम मार्फत बालबालिकाहरुले मनाएका छन   बालबालिकाहरुले बालअधिकार सम्वन्धि सांस्कृतिक कार्यक्रम गरी मनाएका छन । बालअधिकार सम्वन्धि विभिन्न गित तथा संगितहरु मार्फत बालबालिकाहरुले बालदवस मनाएको बडाखोला बाट महिला कार्यक्रम संयोजक तुल्सि नेपालिले बताउनु भएको छ ।
यसरि यस बर्षको बालदिवश दैलेख जिल्लामा विभिन्न कार्यक्रमको आयोजना गरी विभिन्न तरिकाबाट जिल्ला तथा गा.वि.स.मा बालदिवश मनाएर रमाएका छन । यस कार्यलाई विभिन्न सरकारि तथा गैर सरकारी निकायबाट पनि उल्लेख्य सहयोग भएको छ ।

समाचार सहयोगका लागि
शेर बहादुर थापा,अर्जुन शोनि ,तुल्सि नेपालि

सामाजिक सेवा केन्द्र
दैलेख

Next Post

पत्र पत्रिकामा सोसेक

२९ भाद्र २०६९, शुक्रबार १५:३५

Download & Publications