बल्ल छुट्यो गोवर मिसिको पानी खान

बल्ल छुट्यो गोवर मिसिको पानी खान
नैनबहादुर शाही
सामाजिक परिचालक
सामाजिक सेवा केन्द्र (सोसेक)
एकिकृत सामुदायिक विकास परियोजना दैलेख

दैलेख जिल्लाको सदरमुकाम देखी २४ कोष टाढा रहेको एक विकट गाविस पिपलकोट हो । यो गाविस आर्थिक, भौगोलिक तथा विभिन्न क्षेत्रबाट पछाडि परेको गाविस हो । यस गाविसमा घरधुरी संख्या करिव ५६० पुगेको छ । यस गा.वि.स.को जनसंख्या करिव ३९ सय रहेको छ । यसै अन्तरगत यस गाविसको उत्तरमा रहेको एक विकट वस्ती बतासे डाँडा पातेमेला हो । यो गाविसको वडा नं. ५ मा पर्दछ । यस वस्तीमा जनजातीको र दलितको बहुल्यता रहेको छ । यो वस्तीमा विभिन्न समस्याले पुर्खौदेखीको समस्या झेल्दै आएका छन् । यस क्षेत्रमा भौतिक विकासका पूर्वाधारहरुको क्षेत्रमा कर्णाली राजमार्गले सुविधा बनाएता पनि मानिसको जिवन संग जोडिएको खाने पानी पूर्वाधारको विकास भने ढुंगे युग जस्तै रहेको थियो । २१ औँ शताव्दीमा कुनै पनी व्यक्ति स्वच्छ जिवन जिउनका लागि शुद्ध खानेपानीको आश्यकता पर्दछ । तर विडम्बनाको कुरा करिव ३९ घरधुरी २३० जनसंख्या यसै वस्तीमा अवस्थित कालिका प्रा.वि. मा अध्ययनरछ कक्षा १ देखी ५ सम्मका करिव १२० कुलाको पानी खाने छुटेको थिएन । कुलाको पानी मात्र के खानु गाई भैसीको मल मुत्रको पानी पनि खादै आएका थिए । यस वस्तीको भौगोलिक अवस्था तल बस्ती, माथि पानीको कुलो त्यसै कुलोमा त्यस वस्तीको गाईबाख्रा, भैसी चराउने गरिन्थ्यो । यो असर यस वस्तीमा प्रत्यक्ष परेको देखिन्थ्यो । यस वस्तीको पहिलेको गुनासो भन्नेहो भने नेता भन्ने मान्छे कति आए आए सबैले योजना आउछ भनेर आस्वासन नदिएका होइनन् । तर योजना कहिले यो वस्तीमा आउने हो भन्ने थाहा नै भएन । स्थानीय उपभोक्ता विनसरा आरुपाटेले आफ्नो गुनासो व्यक्त गरिन् । गरिवी निवारण कोष नेपालको आर्थिक सहयोग र सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखको सहजीकरणमा एकिकृत सामुदायिक विकास परियोजना अन्तरगत यस पिपलकोट गाविसको वडा नं. ५ मा २०६५ साल माघ १९ गते बतासे डाँडा सामुदायिक संस्था गठन भयो । यस सामुदायिक संस्थाले विभिन्न  किसिमको आयआर्जन क्रियाकलाप गर्दै गरिवी निवारण कोषको नीति अनुसार सामुदायिक पूर्वाधार विकास अन्तरगत यस संस्था बाट भौतिक पूर्वाधार अन्तरगत खानेपानी आयोजना माग गरेको थियो । यस गाविसको विभिन्न भौतिक पूर्वाधारको पूर्व सम्भाव्यता अध्ययनमा सामाजिक सेवा केन्द्र सोसेकको सहजिकरणमा भएको थियो । यस अध्ययन अनुसार यो वस्तीमा खाने पानीको समस्या एकदमै भएकोले आवश्यक प्रक्रिया अगाडी बढाएको थियो अहिले आएर यस वस्तीले गरिवी निवारण कोषको आर्थिक सहयोग, समाजिक सेवा केन्द्रको सहजिकरणमा वाम पि हेल्भेटास स्वीस ईन्टर कोअपरेशन नेपालको प्राविधिक सहयोगमा  र गाविसको कार्यालय पिपलकोटको समन्वयमा १९ लाख ३११ रुपैया आर्थिक लगानीमा नौ वटा सर्वजनिक धारा निर्माण गरियो ।

Batase 3Batase Danda-1Batase Danda2

 

शुद्ध धाराको पानी पिउन पाँउदा स्वर्गको अनुभुती प्राप्त गरेका छन् । स्थानीय उपभोक्ता कौमती थापाका अनुसार गरिवि निवारण कोषको १४ लाख ७ हजार १ सय ९७ रुपैया, गाविसको अनुदान ५ हजार, सरसफाई क्षेत्र अन्तरगत वाम पि हेल्भेटास स्वीस ईन्टर कोअपरेशन नेपालको को ९१ हजार ६ सय ८० रुपैया र स्थानीय उपभोक्ताको ३ लाख ९६ हजार ४ सय ३३ रुपैया बराबरको जनश्रमदानबाट योजना सम्पन्न भएको बताइन् । यस आयोजनाबाट यस समुदायका  उपभोक्ताहरुलाई जीवन संग प्रत्यक्ष जोडिएको खानेपानीको समस्याबाट मुक्त भएका छन् । त्यसैले यस वस्तीमा अहिले सबै खुसीको साथमा हामीले यो खनेपानी आयोजना सम्पन्न ग¥यौ । यसमा सहयोग गर्ने सम्र्पूण दातृ निकाय, सामाजिक सेवाकेन्द्र (सोसेक), गाविसको कार्यालयलाई धन्यवा दिन्छौ । यसमा हामी सबैको गर्व छ भनेर स्थानीय उपभोक्ता एवं बतासे डाँडा सामुदायिक संस्थाका सचिव चक्रबहादुर गाहा भन्नुहुन्छ । अव यो वस्ती पिपलकोटकै नमुना वस्तीका रुपमा चिनाउन खोजेका छौ भनेर उहाँले थप्नुभयो । यो गा.वि.स. खुल्ला दिसा मुक्त क्षेत्र घोषणा भैसकेकोले निकट भविष्यमै यस वस्तीलाई पूर्ण सरसफाईको क्षेत्र घोषणा गर्ने अभ्यासमा रहेको छ । यस्तो वस्तीमा यस्तो खुसियाली छाउँनुमा गाविस कै गर्व गर्दै निकटा भविष्यमै पूर्ण सरसफाई क्षेत्र घोषणा यस बस्तीले अथवा वडाले गरोस् । यही हाम्रो कामना छ ।

Next Post

वीभीन्न फेाटा सेासेक दैलेख

१० श्रावण २०७०, बिहीबार १५:४६
SOSEC_Board & sub committee Notish

Download & Publications