पत्रकार सम्मेलन सम्पन्न

पत्रकार सम्मेलन सम्पन्न
सामजिक सेवा केन्द्र सोसेक देलैखले आ.व. २०६९÷०७० को आर्थिक आय व्यय सहित आगामी आर्थिक वर्ष २०७० सालको १ वर्षे रणनैतिक योजनाको बारेमा सामाजिक सेवा केन्द्र (सोसेक)को हलमा पत्रकार सम्मेलन सम्पन्न भयो । उक्त पत्रकार सम्मेलनमा संस्थाको आर्थिक वर्ष ०६९÷०७० मा विकास साझेदार निकायसंग भएको सम्झौताको रकम र संस्थाको कोषको खर्च रकमको आय व्यय प्रस्तुत गरिएको थियो । जसमा सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखको आन्तरिक र अन्य विभिन्न निकायसंग सम्झौता भएको रकमको आय १,५७,१८,४८९।०६ र व्ययमा १,३८,७६,८२४।८७ गरिएको र जसमा विकास साझेदार निकायसंग भएको सम्झौता विभिन्न उप परियोजनाहरु खानेपानी, आयआर्जन, विद्यालय भवन निर्माण क्षमता अभिवृद्धि सरसफाई जस्ता विभिन्न कार्यमा दातृ निकायको सम्झौता अनुसार खर्च भएको छ । उक्त पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रशनमाथि सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखका अध्यक्ष हीरासिंह थापा, कायम मुकायम कार्यकारी निर्देशक डम्बरबहादुर कार्की र संस्थाको कोषाध्यक्ष सुधा कोइरालाले प्रष्ट पार्नु भएको थियो ।
जसमा पत्रकारहरुले रकम कुन कुा क्षेत्रमा कति कति लगानी भयो भन्ने प्रश्नमा सामाजिक सेवा केन्द्र (सोसेक) का का.मु. कार्यकारी निर्देशक डम्बरबहादुर कार्कीले विभिन्न ३८ वटा भौतिक पूर्वाधार विकासमा गाविसको रु.२३,७२,२०५।३४ जनसहभागिता रु.१,२६,६९,७८७।४४ विकास साझेदार निकायको रु.५,४१,१३,६२६।९७ गरि जम्मा रु.६,९१,५५,६२९।७३ रकम खर्च भएको बताउनु भयो । त्यसै गरि नागरिक सचेतना केन्द्र मार्फत जिविकोपार्जन सुधार योजना अन्तर्गत रु.१४,४०,०००। र आयआर्जन तर्फ सामुदायिक संस्था अन्तर्गत रु.४,७९,२९,८४१। लगानी भएको स्पष्ट पार्नु भयो ।

सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखले संस्थागत वार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी, रणनैतिक योजना तर्जुमा गोष्ठी, सामाजिक लेखा परिक्षण लगायत यस वर्ष गर्नु पर्ने वाह्र लेखापरिक्षण, नविकरण, आयकर छुट संस्था दर्ता, कर चुक्ता लगायतका कार्य सम्पन्न गरेको भाद्र ११ गते संस्थाको वार्षिक साधार सभा गर्ने जानकारी संस्थाका अध्यक्ष हीरासिंह थापाले दिनु भयो

Download event report of Jornalist Assemly

 

Next Post

coming soon

१८ श्रावण २०७०, शुक्रबार १५:१३
coming soon

Download & Publications