राष्ट्रिय वाल दिवश मनाउने

आज मिति २०७० भाद्र २३ गतेका दिन दैलेख जिल्लामा जिल्ला वाल कल्याण समिति अध्यक्ष प्र.जि.अ. श्री होमनाथ थपोलियाको अध्यक्षतामा वैठक वसी वालवालिकाका कुरा सुनौं वाल दुरव्यवहारको अन्त्य गरौं भन्ने नाराका साथ राष्ट्रिय वाल दिवश मनाउने सन्दर्भमा तपसिल वमोजिमको निर्णय गरियो ।

१. जिल्ला स्तरमा २०७० भाद्र २९ गते विहान १० वजे स्थानीय लोकत्रान्त्रिक चोकमा भेला भई र्याली सहित जनता निमाविको प्रागणमा विविध कार्यक्रम सहित दिवश मनाउने ।

२. सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखले वांसी, वडाखोला, विन्दावासिनी, पिपलकोट लगायतका गाविसमा स्थानीय वाल संजालको सक्रियतामा वाल दिवश मनाउन सहयोग गर्ने । ३. महिला श शक्तिकरण मंचले डाडापराजुल अपलपराजुल लगायतका गाविसमा वाल दिवश मनाउने ।

४. जिल्लाका सम्पुर्ण विद्यालयमा वालवालिकाका कुरा सुनौं वाल दुरव्यवहारको अन्त्य गरौं भन्ने नाराका साथ वाल दिवश मनाउन जिल्ला शिक्षा कार्यालयले पत्रचार गर्ने ।

५. जिल्लामा संचालन गरिने कार्यक्रमको लागि विफले रु. दुई हजार सहयोग गर्ने ।

६. सामाजिक सेवा केन्द्रका अध्यक्ष श्री हीरासिंह थापाले आफ्ना ममता मही आमाके नाममा स्थापना गर्नु भएको वाटु थापा स्मृति विद्या पुरस्कार जिल्ला भरका एस.एल.सी.मा सर्वोतम अंक ल्याउन छात्रा, दलित छात्रालाई जनही रु. दुई हजार एकको पुरस्कार पनि वाल दिवशको अवसरमा वितरण गर्ने ।

Next Post

National Child Day

२४ भाद्र २०७०, सोमबार ०८:४८
Children’s Day is recognized on various days in many places around the world, to honor children globally. It was first proclaimed by the World Conference for the Well-being of Children in 1925 and then established universally in 1954 to protect an “appropriate” day. Major global variants include a Universal Children’s Day on November 20, by United Nations recommendation. […]

Download & Publications