राष्ट्रिय बालदिवस २०७१ को अवसरमा
बालबालिकाका लागि छोटो–कथा प्रतियोगिता
तल लेखिएका मध्ये कुनै एक विषयमा आफुले देखेका, भोगेका कुराहरुलाई समेटेर नेपाली भाषामा पाँच सय शब्दमा नबढाई छोटो–कथा लेखि पठाउनु हुन १८ वर्षमुनिका सबै बालबालिकालाई आह्वान गरिन्छ । छोटो–कथाका विषयः
“शारीरिक तथा मानसिक सजायले बालबालिकामा पारेको असर” वा
“बालबालिकालाई दिइने शारीरिक तथा मानसिक सजायलाई अन्त्य गर्ने उपाय”
प्राप्त छोटो–कथाहरु मध्ये उत्कृष्ट हुनेहरुलाई अन्तराष्ट्रिय बालदिवस २०७१ को मूल समारोह मंसिर ४ गते पुरस्कृत गरिनेछ ।
छोटो–कथाहरु आइपुग्नु पर्ने अन्तिम मितिः २०७१ असाेज ३० गते । स्थानः केन्द्रीय बालकल्याण समिति ।
छोटो–कथाहरु इमेल ठेगानाः crmccwb@gmail.com मा वा फ्याक्स नं. ०१–५५२७५९१ मा पनि पठाउन सकिने छ ।
रचनाकारको पुरा नाम, उमेर, ठेगाना, सम्पर्क टेलिफोन नं अनिवार्य रुपमा लेखिएको हुनु पर्नेछ । विद्यालयमा अध्ययनरत भए सोको नाम ठेगाना र कक्षा तथा बालक्लबमा आवद्ध भए सोको नाम ठेगाना समेत लेख्नुहोला । पुरस्कृत हुनका लागि छनौट भएकाहरुको उमेर खुलेको प्रमाण माग गरिने छ र यदी उमेर ढाँटेको पाइएमा स्वतः प्रतियोगिताबाट बाहिरिने छ । थप जानकारीका लागि सम्बन्धित जिल्ला बालकल्याण समिति तथा केन्द्रीय बालकल्याण समितिको कार्यालयमा सम्पर्क राख्न सकिनेछ ।
केन्द्रीय बालकल्याण समिति
हरिहरभवन, ललितपुर, फोन नं ०१–५०१००४५, ५०१००४६
वेवसाइटः www.ccwb.gov.np
साथै दैलेखमा
सामाजिक सेवा केन्द्र (साेसेक) नेपाल दैलेख
फाेन नं. ०८९४२०२९५, ०८९४२०१९८