अन्तराष्ट्र्यि विपद् जोखिम न्यूनीकरण दिवश २०१४ को सन्दर्भमा जनहितका लागि जारी पूर्वतयारीका सन्देशहरु तथा नाराहरुः

अन्तराष्ट्र्यि विपद् जोखिम न्यूनीकरण दिवश २०१४ को सन्दर्भमा जनहितका लागि जारी पूर्वतयारीका सन्देशहरु तथा नाराहरुः

उत्थानशिल समुदाय निर्माणमा महिला तथा वालिका अदृश्य शक्ति हुन ।
विपद् पूर्व तयारी, हामी सबैको जिम्मेवारी
विपद् बाजा बजाएर आउदैन है………….।
समुदायका सदस्यहरु नै प्रथम उद्धारक हुन् ।
राहत दया होइन, अधिकार हो ।
पूर्व तयारीमा रहन सके विपद्बाट हुने क्षति कम गर्न सकिन्छ ।
भूकम्प प्रतिरोधी घर निर्माण गरौं ।
सुत्ने ठाउँको माथि गह्रौं तथा धारिला वस्तुहरु नराखौं ।
घरमा भएका महत्वपूर्ण सामानहरु (झटपटको झोला) र परिवारका सबैलाइ थाहा हुने गरि सुरक्षित स्थानमा राखौं ।
सुरक्षित स्थानको पहिचान गरी राखौं ।
जीवनका अत्यावश्यक सामग्रीहरm जस्तै – अन्न, पानी आदिको पूर्वतयारी गरी राखौं ।
आपतकालीन सामग्रीहरु जस्तै टर्चलाइट, सलाई, रेडियो तुरुन्त भेटिने स्थानमा राखौं ।
सहयोगी निकाय र महत्वपूर्ण टेलीफोन नम्बरहरु जानी राखौं ।
हिँड्ने बाटो फराकिलो र खुला राखौं ।
भूकम्पवाट वच्न पूर्वतयारी योजना वनाई राखौं ।
कोठा भित्र दराज, ऐना, र्याक, जस्ता गह्रौ वस्तु नहल्लिने गरी वांधेर राखौं ।
बाढीवाट बच्न निम्न पूर्वतयारी गरौं ।
महत्वपूर्ण कागजपत्रहरु सुरक्षित राखौं ।
आपतकालीन कोषको व्यवस्था गरौं ।
पूर्वतयारीको योजना बनाऔं र छलफल गरौं ।
वर्षातको लागि आवश्यक पर्ने सुख्खा खानेकुराहरु तयार गरी राखौं ।
पूर्वसूचना प्रणाली संयन्त्र बनाऔं ।
नदीको किनारमा वालुवाको वोरा, वाँस आदिको बार लगाएर वृक्षारोपण गरौं ।
आपतकालीन सामग्रीहरु (प्राथमिक उपचारका सामाग्री, डुङ्गा, टूयव, डोरी लाईफ ज्याकेट……आदि) तयारी अवस्थामा राखौं ।
उद्धार गर्दा वुढावुढी, गर्भवती, सुत्केरी, वालवालिका र अशक्तलाई प्राथमिकता दिउ‘ ।
सूरक्षित स्थान तथा सूरक्षित घर÷भवनको पहिचान गरी राखौं ।
सहयोगी निकाय र महत्वपूर्ण टेलिफोन नम्वर जानी राखौं ।
संभावित प्रकोपवाट कसरी वच्ने भनि नमुना अभ्यास गरी राखौं ।
विपद् पूर्वतयारीको विषयमा विध्यार्थीहरmलाई कक्षा कोठा छलफल एवं प्रतियोगिताहरm मार्फत जनचेतना अभिवृद्धि गराऔं ।
भिरपाखाबाट जथाभावि ढुङ्गा, माटो नझिकौं ।
अव्यवस्थित तरीकाले रुखहरु नकाटौं ।
पहिरो जाने ठाउँमा रुखविरुवा लगाई संरक्षण गरौं ।
पहिरो जाने ठाउँ वरीपरी भलकुलो तर्काउँ, टेवा पर्खाल लगाई ढुङ्गा, माटो तल खस्नवाट रोकौं ।
भिरालो जमिनमा घाँस र फलफूल लगाई माटोको संरक्षण गरौं ।
पहिरो जान लागेको क्षेत्रमा मानिस, घरपालुवा पशुलाई पस्न नदिऔं ।
समुदायको पहिरोवाट वच्न पूर्वतयारी योजना वनाई राखौं ।
महामारी फैलन सक्ने संभावना प्रति सतर्क रहेर सरसफाईमा ध्यान दिउं ।
विपद् पीडितको मानव अधिकारको रक्षाका लागि पहल गर्ने ।

Next Post

वार्षिक रणनैतिक योजना समिक्षा तथा याेजना

२० आश्विन २०७१, सोमबार ११:०९
सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको रणनैतिक योजना आ.व. ०७०।७१ समिक्षा तथा आ.व.०७१।७२ प्लान कार्यक्रम मिति २०७१ श्रावण ११ र १२ गते संस्था कार्यालय सम्पन्न भयो ।उक्त फाईल तलको लिंकवाट डाउनलोड गरि हेर्नुहोस Down Load SOSEC_Strategic Revised 70 -71 & Plan 071-72 Report

Download & Publications