गाउँमै वस्ने वातावरण श्रृजना गर्यो RBLIP ले

गाउँमै वस्ने वातावरण श्रृजना गर्यो RBLIP
कालिकोट जिल्ला सदरमुकाम देखी करिव २४ कोष टाढा पर्ने धौलागोह वडा नं. ९ वस्ने कल सार्की एउटा गरिव तथा दलित परिवारमा जन्मिएका हुन । उनका ४ छोरी २ छोरा गरि जम्मा ८ जनाको परिवार संख्या छ । उनीहरुको आम्दानीको श्रोत भनेको अर्काको ज्यालादारी र मजदुरीमा घरका ढुंगा वोक्नु बाहेक अन्य कुनै पनि श्रोत नभएका कारणले उनले आफ्नो जिविका चलाउनको लागि भारतको मजदुरी गरेर आफ्नो छोराछोरीलाई छाक गुजरा गर्दै आफ्नो दैनीक जिवनयापन गर्दै आईरहेका उनी अहिले गाउमै वस्ने वातावरण भएकोमा खुशी छन् ।
स्वीस क्याथोलिक वर्तदान कार्यक्रमको आर्थिक सहयोग सामाजिक सेवा केन्द्र सोसेक नेपाल दैलेखद्धारा संचालित अधिकारमा आधारित जिविकोपार्जन सुधार परियोजना २०७१ साल श्रावण २५ गते परिचयात्मक कार्यक्रम भई धौलागोह गाविस पनि जोडि समुह छनौटमा कल सार्की र उनकी श्रीमति डोइला सार्कीलाई समुदायले छनौट गरि परिचालन गर्ने भन्ने निर्णय पश्चात अहिले उनी मेरो जिन्दगीको सुरुवात गर्नेछु आफ्नो काम,कर्तव्य र जिम्मेवारी वहन गर्नेछु यस अधिकारमा आधारित जिविकोपार्जन कार्यक्रमले मेरो आंखा खोलिदियो भन्छन् ।
यस कार्यक्रमका्े जोडि समुहमा वसेर उनले विभिन्न किसिमका तालिमहरु लिएका छन् । गाविस स्तरीय करेशावारी निर्माण तथा स्टाव अभिमुखीकरण तालिम,नर्सरी व्यवस्थापन तालिम,जोडि समुलाई मोडुलर तालिम लिएका छन । तालिम पछि घर आगन सरसफाई,फोहरफाल्ने खाल्डो ,भांडाधुने जुठ्यान ,टोल सरसफाई गरेका छन् । पहिले चिनो र काउलो खेती गर्ने ठाउमा अहिले उनले २ रोपनी जग्गामा काउली,वन्दा,टमाटर प्याजको खेती गरेका छन् । उनीहरु निरन्तर रुपमा समुहको कामहरु गरि रहेकाछन् । घरपरिवारको रेखदेख,श्रीमति र छोराछोरीको पठनपाठनको खर्च पनि उनले यसै कार्यक्रममा परिश्रम गरे वापत चलाईरहेका छन् ।
यसरी पहिले आफ्नो घरको जिम्मेवारी पुरा नगर्ने एउटा जोडि समुहले अहिले राम्रो संग समुदायको काम र आफ्नो घर परिवारको काम नमुनाको रुपमा गरेका छन् । अहिले उनीहरु भन्छत् निश्वार्थ सेवामा आफ्नो र समाजको सेवा सर्मपित छौं र अव भारतमा नगएर पनि आफ्नै माटोमा आम्दानीको सुन फल्दो रहेछ भन्ने भनाईलाई आत्मसाथ गर्दै पहिलेको अवस्थामा यहाँ केही गर्न सकिदैन भनि भारतको कुना र
कन्दरा गई भारी वोकी यर्थाथ पहिचानलाई झुल्काई आफ्नो परिश्रमलाई व्यर्थमा समयको वर्वाद गर्न भन्दा सानो लगानीले आफ्नो समाजमा केही परिवर्तन गर्छु भनेर भन्नु हुन्छ सार्की । पहिले दमाई कामी र सार्की सानो जातीले समुदायमा काम गर्न हुन्न भन्ने भनाईलाई उजागर गर्दै मुक्तिका लागि समाजमा भएका अन्धकार र अशिक्षाका पुराना कुराहरुलाई रुपान्तरण गर्दै समाजलाई उज्यालो र मार्गदर्शनको रुपमा चिनाई समाजमा विभिन्न सामाजिक समस्याको अन्त्य गरि प्रत्येक टोलका घरहरुमा स्थानीय रैथानी वालिको संरक्षण,स्वस्थ जीवनयापन भन्ने विषयमा वकालत गरि नेपाल नेपाल भित्रको कालिकोट र धौलागोहमा वसी सृजनशील हातहरु चलाई जिवनयापन गर्ने साहस सामाजिक सेवा केन्द्र सोसेक नेपालले गरेकोमा सोसेक नेपाललाई धन्यावाद ।

Next Post

Complain Box

२१ आश्विन २०७१, मंगलवार १५:४६
सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखको कार्यालयमा सुझाव पेटीका राखीएकोछ । संस्था वा संस्थामा संलग्न पदाधिकारी वा कर्मचारीको विषयमा वा संस्थाद्धार सम्पादित कार्यक्रमको विषयमा सुझाव दिन चाहनु हुने महावुभावले सुझाव पेटीकामा सुझाव हाल्न सक्नु हुनेछ साथै सुझावलाई ईमेलद्धारा पनि पठाउन सक्नु हुनेछ जसको संस्थामा ५ सदस्य रहेको जोखिम व्यवस्थापन समितिको […]

Download & Publications