वालवालिको सक्रियतामा भित्ते पत्रिका प्रकाशन

Posted at:
Aug. 31, 2016, 4:56 a.m.

Wal Magagin Janajyoti Rakam Karnali Wal Magagin Jayajanata Piladi  एच.एस. थापा दैलेख वालवालिकाको सक्रियता विद्यालयमा भित्ते पत्रिकाको प्रकाशन शूरु भएकोछ । गाविस स्तर र समुदाय, विद्यालय स्तरमा गठन भएका बाल क्लबको सक्रियतामा विद्यालय र समुदायमा रचनात्मक क्रियाकलाप अन्तर्गत पाक्षिक तथा मासिक रुपमा भित्ते पत्रिका प्रकाशनको सुरुवात भएको छ । दैलेख जिल्लाका विद्यालय तथा समुदायमा गठित बाल क्लबका भाइ बहिनिहरुले अहिले आफ्ना रचना र सिर्जनाहरुलाई भित्ते पत्रिका मार्फत प्रकाशन गरिरहेका छन् । पत्रिका मार्फत भाइ बहिनीहरुले बाल अधिकारका कुराहरुलाई उजागर गरिरहेका छन् .। समाजमा रहेका छाउपडी, बाल विवाह, छुवाछुत, ध्रुम्रपान तथा मद्यपान जस्ता सामाजिक कुरीतिहरुको अन्त्य गर्न भित्ते पत्रिकालाई मुख पत्र समेत बनाएका छन् . भाइ बहिनिहरुले आफ्ना प्रतिभाहरु कविता, गीत, गजल, मुक्तक तथा कथा जस्ता रचनाहरु भित्ते पत्रिका मार्फत प्रकाशन गरिरहेका छन् । वन बिनास न्यूनीकरण, बाल हिंसा तथा महिला हिंसा अन्त्य, बाल विवाह रोकथाममा प्रहरी संग अन्तरक्रियाWal Magagin Piladi , विद्यालयमा गरिने अतिरिक्त क्रियाकलापहरुको बारेमा लेखिएका समाचारहरु विद्यालयका भित्ताहरुमा देख्न पाइन्छ । समुदायमा आधारित जनता बाल क्लब विशाला र विद्यालयमा आधारित जनज्योति बाल क्लब राकम कर्णाली, प्रेमदेबी बालक्लब पाWal Magagin Phulbari Khadkabadaदुका, पंचदेवल बालक्लब पादुका, सृजनशील बाल क्लब सेरी, प्रगतिशील बालक्लब चामुण्डा, जय जनता बाल क्लब जोरेबाँझ पिलाडी, ने.रा.मा. वि. बालक्लब पिलाडी, जनता बाल क्लब खडकवाडाले भित्ते पत्रिका पाक्षिक तथा मासिक रुपमा नियमित प्रकाशन गरिरहेका छन् . जनज्योति बाल क्लबका भित्ते पत्रिकाका सम्पादक भरत कुमार बोहरा भन्छन “सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले दिएको तालिमले आज हामी आफ्ना रचना तथा समाचारहरु भित्ते पत्रिका मार्फत प्रकाशन गर्न सक्षम भएका छा,ै अहिले आफ्ना रचना तथा समाचारहरु प्रकाशन गर्न साथीहरु निकै उत्सुक देखिएपछि यसलाई साप्ताहिक रुपमा प्रकाशन गर्ने तत्परमा छौ । ” जय जनता माद्यामिक विद्यालयका प्र. अ. थिरेंद्र कुमार बि.सी. भन्छन “ भित्ते पत्रिका प्रकाशन बाट विद्यार्थी भाइ बहिनीमा लुकेका प्रतिभाहरु प्रस्फुटन हुन थालेका छन् । ” मिति २०७२ साल चैत्र २७ देखि २९ गते सम्म दैलेख बजारमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख संचालित सहयात्रा परियोजनाको आयोजना र जिल्ला शिक्षा कार्यालय दैलेखको समन्वय र नेपाल पत्रकार महासंघ दैलेखको सहजिकरणमा परियोजना लागु भएका लालिकाँडा, पिलाडी, सेरी, खड्कवाडा, पादुका, जम्बुकाँध, चामुण्डा, बिशाला, सिंगौडी,राकमकर्णाली र ना.न.पा. १ नमुना बस्तीका बाल क्लबका तेत्तिस जना भाइ बहिनीहरुलाई भित्ते पत्रिका प्रकाशन सम्बन्धी तालिम प्रदान गरिएको थियो । जसकोकारणले हाल विद्यालय र समुदायममा वाल क्लवले भित्ते पत्रिका प्रकाशन गरिरहेकाछन् । .