वालश्रम अनुगमन समिति गठन र बालश्रम शोषण रोकथाममा सामूहिक प्रतिवद्धता

Posted at:
June 30, 2017, 2:51 p.m.

दैलेख, असार १६ – बालबालिका सम्वन्धी सरोकारवालाहरुले दैलेखमा वालश्रमको अनुगमन समिति सहित निकृष्ट प्रकारका बालश्रम रोक्न सबैले सामूहिक प्रतिवद्धता जनाएका छन् । बढ्दो सहरीकरणसंग ग्रामीण क्षेत्रबाट बालबालिकाहरु सहर पस्ने र जोखिम काममा लाग्ने गरेको पाइएकोले उचित शिक्षा र संरक्षणको वातावरण बनाउन उद्योगी, व्यापारी तथा सरोकारवालाले सघाउने प्रतिवद्धता जनाएका हुन् । DSC00343 DSC00342 DSC00340 “वालवालिका कुरा सुनौं, वालश्रमलाई नाई भनौं” भन्ने नाराका साथ सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्रको सहयोगमा जिल्ला बाल कल्याण समिति दैलेखको आयोजनामा भएको अन्तरक्रियामा सहभागी महिला तथा बालबालिका कार्यालय, स्वास्थ्य, उद्योगी व्यापारी, यातायात व्यवसायी लगायतका सहभागीहरुले त्यस्तो प्रतिवद्धता गरेका हुन् । प्रतिवद्धता बालश्रम भएको देखेपछि १०९८ मा खवर गर्ने, महिला तथा बालबालिका सेवा केन्द्रलाई सक्दो सहयोग गर्ने, जोखिममा परेका बालबालिकाहरुको उद्धार तथा सहयोगका काम सडक बालबालिकाबाट काम थाल्ने, बालश्रम रोकथाममा पोष्टरिङ्ग गर्ने र यी सबै काममा नारायण नगरपालिकाको सहयोग लिने लिखित निर्णय भएको जनाइएको छ । अन्तरक्रियाको क्रममा बालश्रम रोकथामलाई अझ बढी प्रभावकारी बनाउन दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी गंगाराम गिरीको संयोजकत्वमा १३ सदस्यीय बालश्रम अनुगमन तथा उद्धार समिति गठन गरिएको छ । जिल्ला समन्वय समिति, नारायण नगरपालिका, जिल्ला प्रहरी कार्यालय, सरकारी वकील कार्याल, महिला तथा बालबालिका कार्यालयका, उद्योग बाणिज्य संघ, होटल व्यवसायी संघ, यातायात व्यवसायी संघ, नेपाल बार एशोसियशन, नेपाल पत्रकार महासंघ, गैसस महासंघका प्रमुख तथा प्रतिनिधिहरु सदस्य रहेको समितिमा सामाजिक सेवा केन्द्र (सोसेक)लाई सदस्य सचिवको जिम्मेवारी दिइएको छ । जिल्ला बाल कल्याण समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले कानून देखाएर कार्वाही गर्नु भन्दा पनि जोखिम काममा लगाइएका बालबालिकालाई बाँच्न पाउने, संरक्षण, विकास र सहभागिताको अधिकारी प्रत्याभूत गराउने रचनात्मक काममा सबैलाई लगाउने सुधारात्मक उपचार जरुरी रहेको बताए । महिला विकास अधिकृत अनिता ज्ञवालीले वार्षिक कार्यक्रम भित्र नरहे पनि जिल्लाको आवश्यकता मध्यनजर गरी यो अन्तरक्रिया गरिएको बताइन् । त्यस बखत सामाजिक सेवा केन्द्र (सोसेक)का संस्थापक अध्यक्ष हीरासिंह थापाले बालश्रम साझा सवाल भएकोले सबैको सहयोग र सहकार्य आवश्यकता औल्याए ।

वैठकको माईन्युट तलको अनुसार डाउनलोड गरि हेर्न सकिन्छ ।

DCWB Minute child labour