सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका र संवेदनशिल भै बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा दैलेख, कालिकोट, अछाम र सुर्खेत जिल्लामा महिला, बालबालिका, लोपोन्मूख राउटे तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकाशको अवधारणमा काम गर्दै आएको संस्था हो । यस संस्थाले महिला तथा बालबालिकाको संरक्षण÷सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेको छ । भगवतीमाई गाँउपालिका, ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना (RVWRMP) को आर्थिक सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेख ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनामा खानेपानी, सरसफाई तथा जिविकोपार्जनका क्षेत्रमा सामाजिक परिचालन तथा प्राविधिक सहयोग गर्दै आइरहेको छ । उक्त कार्यका लागि प्रकासित सुचना अनुसार दर्ता भएका आवेदकहरु मध्य तलको लिंकमा भए अनुसारका व्यक्तिहरु छोटो सुचिमा प्रकासित गरिएको छ । SOSEC_RVWRMP Bhagawatimai RM Shortlist Notice