सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका र संवेदनशिल भै बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा दैलेख, कालिकोट, अछाम र सुर्खेत जिल्लामा महिला, बालबालिका, लोपोन्मूख राउटे तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकाशको अवधारणमा काम गर्दै आएको संस्था हो । साथै संस्थाले महिला तथा बालबालिकाको संरक्षण÷सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेको छ । हेल्भेटास नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा यस सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखद्धारा संचालित एकीकृत जलश्रोत व्यवस्थापन कार्यक्रमका लागि फिल्ड प्राविधिक (सव ईन्जिनियर) कर्मचारी आवश्यक भएकोले योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट सूचना प्रकाशित मितिले ५ दिन भित्र दरखास्त आब्हान गरिन्छ । link Vacency_Sub-Eng SOSEC_IWRMP_04_31_2077