Posted at:
Oct. 6, 2021, 4:36 a.m.

प्रस्ताव पत्र आह्वान सम्बन्धी सूचना

(प्रथम पटक प्रकाशित मितिः २०७८÷०६÷१८)

उत्थान परियोजना युरोपियन युनियन (EU) को आर्थिक सहयोगमा डिसीए (DCA) को अगुवाई र लिबर्ड (LI-BIRD)  को प्राविधिक सहयोगमा कर्णाली प्रदेशको दैलेख जिल्लामा सामाजिक सेवा केन्द्र (सोसेक) नेपालद्धारा दुल्लु तथा आठबीस नगरपालिकामा संचालन भईरहेको छ । यस परियोजनाको समग्र उद्देश्य नागरिक समाज संघसंस्थाहरुको अर्थपूर्ण सहभागिताद्धारा समावेशी, दीगो र जलवायु समानुकुलित आर्थिक उन्नतीमा जोड दिनका साथै नेपालको कर्णाली र सुदूरपश्चिम प्रदेशका स्थानीय सरकारहरुलाई उक्त कार्यका लागि जवाफदेहि बनाउनु हो । यस चालु वर्ष (सन् २०२१–२०२२) मा परियोजनाका क्रियाकलाप अनुसार विभिन्न तहमा पैरवी तथा वकालत कार्यक्रमकोे कार्यन्वयनका लागि तेस्रो पक्षसँगको साझेदारी कार्यक्रम अन्र्तगत योग्य नागरीक समाज संस्था, तिनका सञ्जाल, गठबन्धन र महासंघ आदिबाट प्रस्ताव पत्र आह्वानको लागि यो सूचना प्रकाशित गरिएको छ ।

प्रस्तावना पत्रसंग पेश गर्नुपर्ने कागजातहरूः

१ संस्था÷संजाल÷महासंघ दर्ता तथा नबिकरणको प्रमाणपत्र प्रतिलिपी, २ प्यान अथवा भ्याटमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपी, ३ आर्थिक वर्ष २०७६÷७७ को कर चुक्ता प्रमाण पत्रको प्रतिलिपी ५ अनूसूचि २ अनुसारको ढांचामा प्रस्तावना ६ प्रस्ताव पेश गरेको निवेदन नोटः यस सम्बन्धि विस्तृत विवरण तथा प्रस्ताव पत्रको ढाँचा संस्थाको कार्यालयमा सम्पर्क गरी वा संस्थाको वेभसाईट  www.sosec.org.np  मा बुझ्न सकिनेछ । प्रस्ताव पत्र पेश गर्नुपर्ने अन्तिम मिति ः यहि मिति २०७८ कार्तिक १४ गते सम्म प्र्रस्ताव पत्र संस्थाको कार्यालय तथा procurement@sosec.org.np  मा इमेल मार्फत पनि बुझाउन सकिनेछ । समय सीमा नाघेर आएका प्रस्ताव पत्र स्वतः खारेज हुनेछन् । सम्पर्क ठेगानाः सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल केन्द्रीय कार्यलयः नारायण नगरपालिका १, नयांबजार, दैलेख सम्पर्क नं.ः ०८९ ४१००९६, ४१०१८७ ईमेलः sosecdailekh@gmail.com/info@sosec.org,np   बसन्त श्रेष्ठ उप कार्यकारी निर्देशक सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल

TOR परियाेजना प्रस्तावना फारम तलकाे लि‌कमा राखिएकाे छ

Nepali_Format of proposal_1 Nepali_TOR-Advocacy_Annex_1