Posted at:
Oct. 24, 2021, 6:36 a.m.

साेसेक सहकार्य परियाेजनाकाे कर्मचारी आवस्यकता

सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका र संवेदनशिल भै बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा दैलेख, कालिकोट, अछाम र सुर्खेत जिल्लामा महिला, बालबालिका, लोपोन्मूख राउटे तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकाशको अवधारणमा काम गर्दै आएको संस्था हो । साथै संस्थाले महिला तथा बालबालिकाको संरक्षण÷सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेको छ । एइआइएन लक्जेम्बर्ग र यस सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको साझेदारी तथा ठांटिकांध गाउंपालिकाको समन्वयमा संचालित दैलेखको “ठांटिकांध गाउपालिकामा गुणस्तरीय शिक्षा अभिवृद्धि तथा स्वास्थ्य र जिविकोपार्जन सहयोग (सहकार्य) परियोजना”का लागि तपशिल बमोजिमको कर्मचारी आवश्यक भएकोले योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट सूचना प्रकाशित मितिले ७ दिन भित्र दरखास्त दिुनुहुन यो सूचना प्रकाशन गरिएको छ । डिटेल हेर्न  लिंक लत राखीएकाे छ । SOSEC_Sahakarya Vacancy Announcement