सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका र संवेदनशिल भै बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा दैलेख, कालिकोट, अछाम र सुर्खेत जिल्लामा महिला, बालबालिका, लोपोन्मूख राउटे तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकाशको अवधारणमा काम गर्दै आएको संस्था हो । साथै संस्थाले महिला तथा बालबालिकाको संरक्षण÷सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेको छ । सेभ द चिल्ड्रेन र यस संस्थाको साझेदारी तथा गुरांस गाउंपालिकाको समन्वयमा संचालित SLaM परियोजनामा आवश्यक परियोजना संयोजक पदको लागि मिति २०७८ साल मंसिर ५ गते देखि ५ दिनको म्याद राखी खुला विज्ञापन प्रकाशन गरिए अनुसार तोकिएको समय अवधिसम्ममा पर्न आएको दरखास्त अनुसार पेश भएको बायोडाटा मूल्यांकन, मंसिर १६ गते लिइएको लिखित तथा अन्तर्वार्ता परिक्षाका आधारमा अन्तिम नतिजा तलको लिंकमा भए अनुसार यो सूचना प्रकाशन गरिएको छ । SOSEC SLaM PC Final Result