Posted at:
Feb. 21, 2023, 8:06 p.m.

SOSEC Nepal Adhar PC shortlist publication Notice आधार परियोजना स‌याेजक छोटो सुची प्रकाशनको सूचना  

(नतिजा प्रकाशित मिति २०७९ फाल्गुन ९ गते)  

सोसेक नेपाल महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका र संवेदनशिल भै बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा दैलेख, कालिकोट, अछाम र सुर्खेत जिल्लामा महिला, बालबालिका, लोपोन्मूख राउटे तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकाशको अवधारणमा काम गर्दै आएको संस्था हो । साथै संस्थाले महिला तथा बालबालिकाको संरक्षण÷सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेको छ । एईआईएन लग्जेम्बर्ग र यस संस्थाको साझेदारीमा सञ्चालित आधार परियोजना अन्तर्गत परियोजना संयोजक पदको लागि मिति २०७९ साल माघ १९ गते देखि ७ दिनको म्याद राखी गरिएको खुला विज्ञापन सूचना अनुसार तोकिएको समय अवधिमा पर्न आएको आवेदन अनुसार बायोडाटा मूल्यांकनका आधारमा तपसिल लिंक अनुसार छोटो सूचि प्रकाशन गरिएको छ । SOSEC Nepal Adhar PC shortlist publication Notice लिखित परिक्षा: मिति २०७९ साल फाल्गुन १४ गते आइतबार संस्थाको केन्द्रीय कार्यालय, दैलेख समयः बिहान ११:०० बजे परिक्षामा समावेश हुन आउंदा आवेदकहरुलाई आफ्नो सक्कल प्रमाण पत्रहरुसाथ परिक्षामा सहभागि हुन जानकारी गराईन्छ ।   संयोजक पदपूर्ति समिति सोसेक नेपाल