Posted at:
June 17, 2023, 7:21 a.m.

लेखा तथा प्रशासन सयोजक पदको अन्तिम नतिजा प्रकाशनको सूचना 

(नतिजा प्रकाशित मिति २०८० जेठ ३२ गते)

सोसेक नेपाल महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका र संवेदनशिल भै बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा दैलेख, कालिकोट, अछाम र सुर्खेत जिल्लामा महिला, बालबालिका, लोपोन्मूख राउटे तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकाशको अवधारणमा काम गर्दै आएको संस्था हो । साथै संस्थाले महिला तथा बालबालिकाको संरक्षण÷सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेको   छ । सेभ द चिल्ड्रेन र सोसेक नेपालको साझेदारीमा सञ्चालित  सहयात्रा परियोजना अन्तर्गत लेखा तथा प्रशासन सयोजक पदको  मिति २०८० साल जेठ १४ गतेदेखि  ७ दिनको  म्याद राखी  प्रकासित गरिएको खुला विज्ञापन अनुसार मिति २०८० जेठ २८ गते लिइएको लिखित परिक्षा तथा मिती मिति २०८० जेठ २९ गते लिइएको  अन्तरवार्ताका आधारमा अन्तिम नतिजा प्रशासित गरिएको छ । तपसिल,
सि.नं नाम थर लिङ्ग स्थाई ठेगाना सम्पर्क नम्बर कैफियत
विरेन्द्र खत्री पुरुष छेडागाड नपा १३ जाजरकोट ९८४३२००९३९ सफल
 नोटः सफल आवेदकले यो सुचना प्रकासित भएको मितिले ७ दिन भित्र आफ्ना सक्कल कागजात सहित संस्थाको कार्यालयमा सम्पर्म गर्नु हुन जानकारी गराइन्छ ।   संयोजक पदपूर्ति समिति सोसेक नेपाल