Posted at:
June 30, 2023, 8:13 p.m.

ग्नीन जव परियाेजना कार्यक्रम स‌याेजक र सहायक मिल अधिकृतकाे अन्तिम नतिजा प्रकाशित सूचना

(नतिजा प्रकाशित मिति २०८० असार १५ गते)

 सोसेक नेपाल महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका र संवेदनशिल भै बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा दैलेख, कालिकोट, अछाम र सुर्खेत जिल्लामा महिला, बालबालिका, लोपोन्मूख राउटे तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकाशको अवधारणमा काम गर्दै आएको संस्था हो । सोसेक नेपालले महिला तथा बालबालिकाको संरक्षण, सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेको छ । सेभ द चिल्ड्रेन र सोसेक नेपालको साझेदारी तथा गुराँस गाउँपालिकाको समन्वयमा संचालित ग्रीन जब परियोजनामा रिक्त (क) परियोजना संयोजक र (ख) सहायक मिल अधिकृत पदका लागि मिति  २०८० साल जेष्ठ २४ गते देखि ५ दिनको म्याद राखी गरिएको खुला विज्ञापन सूचना अनुसार  मिति २०८० असार १० गते लिइएको लिखित तथा मिति २०८० असार ११ गते लिइएको अन्तरबार्ता परिक्षाका आधारमा अन्तिम नतिजा प्रकाशन गरिएकोले यो सूचना प्रकाशन गरिएको छ । तपसिल,
सि नं नाम थर लिङ्ग ठेगाना कैफियत
परियोजना संयोजक  
द्रोण जिसी पुरुष झिमरुक गाउँपालिका ३, प्यूठान सफल
निरज पोख्रेल पुरुष बाणगंगा २, कपिलबस्तु बैकल्पिक
सहायक मिल अधिकृत      
अविलाल जैसी पुरुष आठबिस नगरपालिका ५, दैलेख सफल
कबिर चन्द पुरुष पंचवटी गाउँपालिका ४, उदयपुर बैकल्पिक
नोटः सफल आवेदकहरुले यो सूचना प्रकाशित भएको ७ दिन भित्र आफ्नो सक्कल कागजात सहित संस्थाको कार्यालयमा नियुक्तीका लागि सम्पर्क गर्नुहुन जानकारी गराईन्छ । संयोजक पदपूर्ति समिति सोसेक नेपाल